Bhanu Bhakta Dhakal

Article

– भानुभक्त ढकाल

शाही सरकारले १४ महिनाअघि सेनाको बलमा सत्ता हातमा लिएपछि नेकपा (एमाले) सहितका राजनीतिक दलहरूले सञ्चालन गर्दै आएको आन्दोलन यतिखेर निरङ्कुश राजतन्त्रको अन्त्य, लोकतान्त्रिक गणतन्त्र प्राप्तिको दिशामा अघि बढिरहेको छ । जनतालाई सार्वभौमसत्ता र राजकीय सत्ताको मालिक बनाउने यो आन्दोलन अझ उन्नतस्तरबाट अघि बढिरहेको छ । चालू आन्दोलनले जनताको जुझारूपनलाई अझ सम्बृद्ध बनाएको छ । निरङ्कुश शासकहरू जनताबाट पूर्णतः बहिष्कृत एवम् तिरस्कृत बनेका छन् ।

क. जनआन्दोलन दिवसमा कफ्र्यु ः

शाही सरकारले आफ्नो आयु लम्ब्याउन, जनआन्दोलनलाई असफल बनाउन विभिन्न षड्यन्त्र एवम् दमनको सहारा लिएको छ । यही क्रममा चैत २६ गते पोखराको महेन्द्रपुलमा सरकारद्वारा चलाएको सेनाको गोलीबाट अनेरास्ववियुका कार्यकर्ता भीमसेन दाहालले शहादत प्राप्त गर्नुभएको छ । गोलीबाट अन्य छ जना आन्दोलनकारीहरू घाइते भएका छन् । यस्तै, चितवनमा चलाइएको गोलीबाट तुलसी क्षत्री (डुम्राकोटी) को चैत २७ गते मृत्यु भएको छ । मसाल जुलुसका क्रममा सप्तरीमा एमालेका इलाका सदस्य दशनलाल यादवको मृत्यु भएको छ । काभ्रेमा शिवहरि कु“वर र नवलपरासीमा विष्णु पाण्डेको मृत्यु भएको छ । देशका विभिन्न भागमा आन्दोलन दबाउनका निम्ति सरकारले सयौ“ राउन्ड गोली, हजारौ“ सेल अश्रुग्यास प्रहार गरेको छ । यसका अतिरिक्त निरङ्कुश शाही सरकारले जनआन्दोलन दिवसका दिन राजधानीमा कफ्र्यु लगाएको छ । देशका विभिन्न भाग मूलतः राजधानी, पोखरा र चितवनमा गोली हान्ने, हवाई फायर गर्ने, प्लास्टिकका गोली हान्ने, गिरफ्तार व्यक्तिहरूलाई आ“खामा कालो पट्टी बा“धी यातना दिने, घरघरबाट मध्यरातमा गिरफ्तार गर्ने, पुलिस तथा मण्डले भिजिलान्तेहरूको प्रयोग गरी आन्दोलनको विपक्षमा पर्चा वितरण गर्नेजस्ता निन्दनीय काम गरेको छ । देशका विभिन्न मन्दिरमा पूजापाठ गरेको स्वाङ गर्ने शासकहरूकै आदेशमा मन्दिर हाताभित्र पुलिस प्रवेश गराई भक्तजनहरूलाई निर्घात कुटिएको छ । स्कुले बालबच्चादेखि वृद्धवृद्धासम्म सरकारको अन्धाधुन्ध दमनमा परेका छन् । राष्ट्रव्यापी रूपमा भएको यो हत्या र दमनको जिम्मा वर्तमान शाही सरकारको नेतृत्व गर्ने व्यक्तिले लिनुपर्छ । अन्यथा जनआन्दोलनको विकासले नै यसको फैसला गर्नेछ ।

ख. जनसंलग्नता सहितको आमहडताल ः

विगतका हडतालहरूका आयोजकहरू बेवारिसे हुने, कार्यक्रम भए पनि एकाध कार्यक्रमहरू मात्र हुने परम्परामा आन्दोलनले त्यसलाई उचाइबाट अगाडि बढाएको छ । आमहडतालको तयारीका क्रममा मात्र नभएर आमहडताल गराउनसमेत सात राजनीतिक दलका नेता–कार्यकर्ताहरूले निर्धक्कसाथ सडक आन्दोलनको अगुवाइ गरिरहेका छन् । सरकारको गोली प्रहार, अश्रुग्यास सहितका दमन, गिरफ्तारीका बाबजुद आन्दोलनलाई जनस्तरसम्म पु¥याउन र जनसहभागिता बढाउन आन्दोलनकारीहरू अहोरात्र जुटिरहेका छन् । यसपटकको आमहडताल जनसहभागितामा सम्पन्न आमहडताल हो भन्ने कुरा कफ्र्युलाई उल्लङ्घन गरी प्रमाणित भइसकेका छन् । विगतमा राजधानीवासीहरू आन्दोलित हुन नसकेको भनी गरिएको आलोचनासमेत यसपटक व्यवहारबाटै जवाफ पाइएको छ । आन्दोलनका क्रममा शाही सरकारको गुलामी गर्ने स्थानीय व्यक्तिहरूलाई कालोमोसो दल्ने, नगरपालिका एवम् कतिपय गाविसमा तालाबन्दी गर्ने र सरकारी गमला छाप मण्डलेका अफिसहरू एवम् जनविरोधी कार्यमा संलग्न कतिपय कार्यालयहरूसमेत आन्दोलनकारीका निसाना बनेका छन् । आन्दोलन दमन गर्न आएका प्रहरीहरूलाई आफ्नो घेराबन्दीमा पारी मानव अधिकारवादी समक्ष बुझाउने काम पनि आन्दोलनको मैदानबाटै भएका छन् ।

ग. आन्दोलनको विकेन्द्रित स्वरूप र जनसहभागिता ः

सात दलले घोषणा गरेको चारदिने आमहडतालको स्वरूपका सन्दर्भलाई लिएर विभिन्न दल तथा यसका नेता–कार्यकर्ताबीच समान धारणा नरहेको प्रस्ट नै छ । राष्ट्रव्यापी आमहडतालको घोषणाले आन्दोलनको स्वरूप विकेन्द्रित भएको र राष्ट्रव्यापी रूपमा नै यसलाई विस्तार गर्नुपर्ने ठहरका साथ एमालेले गरेको पहल नै समय सान्दर्भिक भएको पुष्टि समयक्रमले गरेको छ । यसो गर्दा आन्दोलनको विपक्षमा रहेको अभिव्यक्ति दिने लेख–रचना प्रकाशित गरी दोष अरूको टाउकोमा थुपारेर आफू क्रान्तिकारी देखाउन प्रयास गर्नेहरू अहिले राष्ट्रव्यापी चलेको जनआन्दोलनको यो लहर एमालेका कारणले हो भन्न तयार छन् कि छैनन् ? राजधानीकेन्द्रित गर्न आफ्ना नेता–कार्यकर्ता ल्याउने प्रचारबाजीमा रहेकाहरू आन्दोलनको यो क्रममा सघन मात्रामा उपस्थित हुन नसक्नु सम्बन्धित पक्षको आत्मसमीक्षाको विषय बने भोलिका दिनमा आन्दोलनलाई वस्तुनिष्ट बनाउन सहयोग नै मिल्नेछ । आन्दोलनको यो चरणमा गिरफ्तार हुने र सडक आन्दोलनको अगुवाइ गर्न एमाले पङ्क्तिले आफ्नो अग्रतालाई विगतभन्दा उच्च बनाउन सकेको छ । यसलाई थप सङ्गठित गर्न सके एमालेलाई जनताको बीचमा स्थापित गर्न थप मद्दत मिल्नेछ ।

घ. आन्दोलनमा राजधानीवासीको संलग्नता ः

०४६ सालको जनआन्दोलनको स्वरूपलाई ग्रहण गरी राजधानीवासीले यो आन्दोलनलाई आत्मसात गरेका छन् । आन्दोलनप्रति वितीय क्षेत्रलगायतको ऐक्यबद्धता, अन्य पेसा एवम् व्यवसायको प्रतिबद्धताले ०४६ सालको जनआन्दोलनलाई स्मरण गर्न लायक बनाएको छ । दलका नेता तथा कार्यकर्ताहरू गिरफ्तारीबाट जोगिने प्रवृत्ति क्रमशः घट्दै गएको छ । आन्दोलनमा राजधानीवासी जनताको संलग्नता क्रमिक रूपमा वृद्धि भइरहेको छ । आन्दोलनको यो स्वरूपले शान्तिपूर्ण जनआन्दोलन र यसमा जनसहभागिताबाहेक परिवर्तनको अरू रूप उपयुक्त छैन भन्ने पुष्टि गरेको छ । शाही सरकारका राजनीतिक जागिरेहरू आफ्नो जागिर जोगाउन भुकिरहे पनि जनआन्दोलनको पक्षमा जनता हात्तीजस्तै अघि बढिरहेका छन् । सेनाको उपस्थितिमा कफर्यु तोड्ने, लोकतान्त्रिक मुक्त क्षेत्रको घोषणा गर्ने कार्यको अगुवाइ गर्ने क्रममा जब राजधानीले आफ्नो उपस्थिति जनायो, तब आन्दोलनले नया“ उचाइ प्राप्त गरेको छ । यसले राज्यमा लोकतान्त्रिक आन्दोलनको नया“ रक्तसञ्चार भएको छ । शाही सरकारका डफ्फेदारहरूले राजधानीमा सेना र प्रहरी लगाएर पनि आफ्नै कार्यालयको सुरक्षा गर्न सकिराखेका छैनन् । आन्दोलनकारीका सामु सेना र पुलिस मोर्चाबाट हटिरहेका छन् । राजधानीवासी आन्दोलनमा उदासीन हुन्जेल मात्र हो शासकले राज गर्ने, यहा“का जनता आन्दोलनमा लागिसकेपछि अबको आन्दोलनले एउटा निर्णायक दिशा अवश्य समात्ने छ ।

ङ. भ्रमको खेती होइन, आन्दोलन गरौ“ ः

आन्दोलनको नारा, कार्यक्रमको स्वरूप र दल–माओवादीको दोस्रो समझदारीलाई परिस्थितिको मागअनुसार विकास एवम् परिमार्जन गर्न सकिएको छैन । आन्दोलनमा जनसहभागिता जुटाउन जोड नदिने निर्णीत विषयमा कार्यान्वयनको पक्ष नहेर्ने, आन्दोलनकारी दल एवम् नेताप्रति हिलो छ्याप्ने, बदनाम गराउने र आन्दोलनलाई फ्युजनका नाममा आन्दोलन विरोधीलाई नै फाइदा पुग्ने गरी अभिव्यक्ति दिने र अरूलाई उपदेश दिने प्रवृत्तिको अन्त्यले नै आन्दोलनलाई शिखरमा पु¥याउन सहयोग पुग्नेछ । शान्तिपूर्ण जनआन्दोलनमा भन्दा अरूको सेवामा समर्पित हुन चाहने व्यक्तिहरू दृष्टिकोणमै प्रस्ट हुन जरुरी छ । निरङ्कुशताविरुद्धको आन्दोलनमा सबै सङ्गठित रूपले लागौ“, आ–आफ्नो पार्टी चलाएर जनताको सहभागितामा जोड दिऔ“, अरू पार्टी र नेताप्रति मनोगत भ्रमको खेती नगरौ“ ।

च. आन्दोलनको उभार ः

राजधानीलगायत देशका विभिन्न ठाउ“हरूमा आन्दोलनको उभार आएको छ । चितवनमा लाखौ“को जुलुसले आन्दोलनलाई ऊर्जा प्रदान गरेका छन् । प्रहरी प्रशासनहरू जनआन्दोलनको घेराभित्र सीमित हुन बाध्य छन् । जनकपुरमा भएको प्रदर्शनले सेना तथा प्रहरीहरू आफ्नो व्यारेकमा फर्कन बाध्य भएका छन् । पोखरा, हेटौ“डा र विराटनगरमा उल्लेख्य प्रदर्शनका साथ दर्जनौ“को सङ्ख्यामा गिरफ्तार गरिएको छ । हुम्लाको सिमीकोटमा महिलाहरूको नेतृत्वमा विरोध प्रदर्शन नमुनाकै रूपमा देखिएको छ । मेचीदेखि महाकालीसम्मका मुख्य सहरहरू मात्र नभई स्थानीयस्तरमा समेत आन्दोलनका विभिन्न रूपहरूले जनतालाई सङ्गठित रूपमा परिचालन गराएको छ । आन्दोलनको राष्ट्रव्यापी यो जागरण र जुझारु प्रदर्शनले निरङ्कुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्रको स्थापनालाई नजिक्याएको छ ।

छ. राज्यमा शाही सरकारको नियन्त्रण छैन ः

सरकारले आफ्नो आयु लम्ब्याउन जनतामाथि गरेको गोली प्रहार, दमन, धरपकड, निषेधाज्ञा र कफ्र्युको व्यापक उल्लङ्घनले राज्यमा शाही सरकारको नियन्त्रण छैन भन्ने कुरा पुष्टि भएको छ । आमहडतालका क्रममा लगाएको निषेधाज्ञाको अवज्ञा आन्दोलनकारीहरूले सङ्गठित रूपमा मैदानबाटै दिएका छन् । कतिपय स्थानमा शाही सरकारका सेना एवम् प्रहरीहरू उपस्थित हुन नसक्नु, उपस्थित रहेका ठाउ“मा टिक्न नसक्नु, बिनाहतियार आफ्नो आवाजको भरमा जनता जागेपछि शाही सरकारका सेना तथा प्रहरीहरू आन्दोलनकारीको अगाडि निरीह बनेका छन् । विगतमा जस्तै कफ्र्यु लगाएर कार्यक्रमलाई कमजोर बनाउन खोज्ने र गर्न नदिने शाही सरकारको घोषणालाई आन्दोलनकारीहरूले विफल बनाएका छन् । सरकारको कफ्र्यु आदेश लागू गर्नसक्ने हिम्मत सहरका कुना–कुनामा मात्र होइन, स्वयम् रत्नपार्क र चक्रपथभित्र नै दर्जनौ स्थानमा खुलेआम टुटेको छ । यो कार्यबाट शाही सरकारको राज्यसत्ताको केन्द्रभागमा अब नियन्त्रण छैन भन्ने कुरालाई पुष्टि गरेको छ । यसैक्रममा अनेरास्ववियुको अगुवाइमा रत्नपार्कमा, पार्टी स्थायी कमिटीका सदस्य मोदनाथ प्रश्रितको नेतृत्वमा कफ्र्युको अवज्ञा गरिएको छ । अवज्ञा हुने अन्य क्षेत्रमा चावहिल, मैतीदेवी, कोटेश्वर, बानेश्वर, गोङ्गबु, बालाजु, ललितपुरको मङ्गलबजार, कीर्तिपुर र भक्तपुरमा आन्दोलनकारीहरूको नियन्त्रण रहनुले लोकतन्त्रको सुनौलो भविष्यलाई उजागर गरेको छ । यसलाई भोलिका दिनमा अझ सङ्गठित र विकसित गर्दै जनताको सहभागितामा शान्तिपूर्ण आन्दोलनको माध्यमबाट राष्ट्रको परिवर्तनका लागि आ–आफ्ना ठाउ“बाट सबैले सहयोग र समर्थन गर्नु समयको माग हो । अराजकतामा रमाउन खोज्नु र क्षणिक क्रान्तिको कुरा गरेर सार्थक जनभावनाबाट विचलित हुने विषयले प्रकारान्तरमा निरङ्कुुश राजतन्त्रलाई नै बल पुग्ने कुरामा सबैले हेक्का राख्न जरुरी छ ।

ज. आन्दोलनमा महिला सहभागिता ः

लोकतान्त्रिक आन्दोलनको यो चरणमा महिलाहरूको सहभागिता उल्लेख्य रहेको छ । आन्दोलनकै क्रममा चितवनमा शाही सरकारको गोली लागी तुलसी क्षत्रीले शहादत प्राप्त गर्नुभएको छ । आन्दोलनकारी प्रमिला केसी र प्रतीक्षा अधिकारी गोलीबाट सख्त घाइते हुनुभएको छ । जुम्लामा सात दलले गरेको प्रदर्शनबाट नेता–कार्यकर्ताको गिरफ्तारीको विरोधमा महिलाहरूले जुझारु प्रदर्शन गरेर आन्दोलनमा नया“ आयाम थपेका छन् । राजधानीलगायत विभिन्न स्थानमा आन्दोलनको अगुवाइ गर्ने, गिरफ्तार हुने र कफ्र्यु उल्लङ्घन गर्ने कार्यमा समेत महिलाहरूको जुझारूपन कदर गर्नलायक छ । म्याग्दीमा हजारौ“ महिलाहरूको प्रदर्शनले आन्दोलनलाई ऊर्जामय बनाएको छ ।

झ. विभिन्न क्षेत्र र पेसाकर्मीको ऐक्यबद्धताः

चालू लोकतान्त्रिक आन्दोलनको स“घारमा चैत २२ गते काठमाडौ“ नया“बानेश्वरमा मधेसी समुदायले ऐक्यबद्धताका लागि जुलुुस प्रदर्शन गरे । सरकारले उक्त कार्यक्रममा दमन ग¥यो । एमाले केन्द्रीय सदस्य रामचन्द्र झा, महेन्द्र यादवसमेत ठूला सङ्ख्यामा आन्दोलनकारीलाई धरपकड गरी अमानवीय व्यवहारका साथ महाराजगन्जस्थित प्रहरी गणमा राखेपछि त्यही“भित्र पनि उहा“हरूले आन्दोलन जारी राख्नुभएको छ । वित्तीय संस्थानका कर्मचारीहरू, डाक्टर, वकिल, पत्रकार, मानवअधिकारकर्मी, स्रष्टा तथा कलाकारहरूलगायत पेसागत एवम् विभिन्न क्षेत्रको ऐक्यबद्धता जनआन्दोलनप्रतिको दृढताको रूपमा प्रकट भएका छन् ।

– नवयुग, वैशाख २०६३



See All Article