Bhanu Bhakta Dhakal

Article

– भानुभक्त ढकाल

लत्रि“दै गएको शाहीसत्ता

शान्तिपूर्ण जनआन्दोलनले शाही सरकारलाई एकपछि अर्को गर्दै झुक्न बाध्य बनाएको छ । १९ दिनसम्म लगातार चलेको शान्तिपूर्ण आमहडतालसहितको जआन्दोलनको उत्कर्षले राजालाई ११ दिनमा तीनपटक शाही घोषणा गर्न बाध्य ग¥यो । वैशाख १ गतको शाही घोषणामा राजाले संवादको बाटोमा आएर बहुदलीय प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने अभिभारा लिन र योगदान दिन दलहरूलाई आह्वान गरे ।

वैशाख ८ गते उनी नेपाल अधिराज्यको कार्यकारिणी अधिकार नेपाल अधिराज्यको संविधान ०४७ को धारा ३५ बमोजिम हुने गरी जनताको नासो जनतालाई नै फर्काएको घोषणा गर्न बाध्य भए । आन्दोलनको गति र जनसहभागितामा वृद्धि हु“दै गएपछि राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवम् राजकीय सत्ता नेपाली जनतामा नै निहित रहेको, सात राजनीतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द्वलगायत समग्र समस्याको समाधान गर्ने गरी संसद्को पुनःस्थापनाको घोषणा गर्न राजा बाध्य भएका छन् । यी घोषणाहरूका आधारमा यो निष्कर्ष निकाल्न सकिन्छ कि शाहीसत्ता जनआन्दोलनको ताप र चापले लतारि“दै र पराजित हु“दै गएको हो ।

एमालेको नीतिगत प्रस्टता

लोकतान्त्रिक आन्दोलनमा नवौ“ केन्द्रीय कमिटीको बैठकबाट अघि सारिएको लोकतान्त्रिक गणतन्त्रतर्फ उन्मुख सोचलाई व्यवहारमा लागू गर्न नेकपा (एमाले) ले आफूलाई आन्दोलनको अग्रमोर्चामा उभ्यायो । आन्दोलनलाई सिथिल बनाउन चालिएका षड्यन्त्रहरूप्रति खबरदारी गर्दै आन्दोलनलाई यो उचाइसम्म पु¥याउन नेकपा (एमाले) ले अहम् भूमिका निर्वाह ग¥यो । यसैबीचमा शाही घोषणाबाट आन्दोलन र आन्दोलनकारीहरूलाई दिशाभ्रमित बनाउन गरिएका प्रयत्नहरूलाई विफल पार्ने उद्देश्यले पार्टीले आफ्ना अवधारणाहरूलाई अगाडि सारेको थियो । वैशाख १ को शाही घोषणाको सन्दर्भमा नेकपा (एमाले) का कार्यवाहक महासचिव अमृतकुमार बोहराले जारी गर्नुभएको विज्ञप्तिमा ‘शाही सन्देश प्रतिगमनकै निरन्तराको रूपमा जारी राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई भ्रम छर्ने काम गरेकाले राजाका तर्फबाट भएका बर्बर हत्या, दमन, गिरफ्तारी र मुलुकको दुर्दशाबाट मुक्ति दिलाउन जनआन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउ“दै पूर्ण लोकतन्त्र प्राप्त नभएसम्म आन्दोलनको यात्रा अझ उचाइबाट अघि बढाउन’ अपिल गरेको छ ।

राजाद्वारा आन्दोलनलाई निस्तेज बनाउन विभिन्न व्यक्तिहरूस“गको राजनीतिक परामर्शका सन्दर्भमा एमालेले आफ्नो धारणालाई वैशाख ५ को विज्ञप्तिमार्फत– ‘राजाको अर्थहीन परामर्शको केही अर्थ नरहेको प्रष्टोक्ति गर्दै जनआन्दोलनले सबैखाले चाल र षड्यन्त्रलाई परास्त गरी संविधानसभाको चुनाव र पूर्ण लोकतन्त्र स्थापनाको घोषित लक्ष्य हासिल गर्न साथैै सम्झौता र बक्सीसबाट नभई आन्दोलनलाई निर्णायक विजयमा पु¥याउन सार्वजनिक आह्वान गरेको छ । त्यस्तै ८ गतेको शाही घोषणापछि आफ्नो धारणा सार्वजनिक गर्दै नेकपा (एमाले) का महासचिव माधवकुमार नेपालले वैशाख ९ गते जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ– ‘सात दलको संयुक्त घोषणापत्र र दल–माओवादी १२ बु“दे समझदारीका आधारमा अघि बढेको संयुक्त जनआन्दोलनलाई राजाको ८ गतेको सम्बोधनले अस्वीकार गरेको र जनताको भावनालाई पूर्ण रूपमा तिरस्कार गरेको छ । सार्वभौमसत्ता, राजकीयसत्ता र शासनाधिकार जनताको हातमा सम्पूर्ण रूपले नसुम्पिएसम्म र संविधानसभाको निर्वाचनको आधार सुनिश्चित नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।’

आन्दोलनमा सबै वर्ग, तह, समुदाय र पक्षको संलग्नतामाथि शाही सरकारले गरेको अमानवीय क्रूर, बर्बर एवम् हिंसात्मक कदमको उदाहरणले विश्वमा नै अग्रता कायम गरेको छ । यो दमनचक्रका योजनाकारलाई जनताले नछोड्ने भएकाले सेना, सशस्त्र र प्रहरीलाई दमनमा नलाग्न पार्टीका तर्फबाट आह्वान गरिएको थियो । शाही घोषणापछि एमाले आन्दोलन परिचालन कमिटीका तर्फबाट वैशाख १२ मा जारी विज्ञप्तिमा ‘राज्यशक्तिको स्रोत नेपाली जनता भएको र नेपालको सार्वभौमसत्ता एवम् राजकीयसत्ता नेपाली जनतामा निहित रहेको, जनआन्दोलनको माध्यमबाट अभिव्यक्त जनभावना र सात राजनीतिक दलहरूद्वारा प्रस्तुत मार्गचित्रलाई स्वीकार्दै शान्तिपूर्ण संयुक्त जनआन्दोलनले उठाएका पूर्ण लोकतन्त्र, दिगो शान्ति’ लगायतका विषयहरूलाई सम्बोधन गर्न निरङ्कुश राजा बाध्य भएको उल्लेख छ । जनताको विशाल सहभागिताले शान्तिपूर्ण आन्दोलनलाई पूर्ण सफलताको बाटोमा पु¥यायो ।

यस्तै गरी वैशाख १३ गतेको पार्टी स्थायी कमिटीको बैठकले ११ गतेको शाही सम्बोधनका सन्दर्भमा ‘शाही सम्बोधनलाई हाम्रो पार्टीले ऐतिहासिक महŒवको घटना र आन्दोलनका मागहरूको प्राप्तिका रूपमा लिएको छ । संसदीय राजनीति कमजोर भएको अवस्थामा राजाबाट खोसिएको जनताको सार्वभौमसत्ता, जनताकै शान्तिपूर्ण आन्दोलनको बलमा पुनः संसद्मा फर्किएको छ । त्यसैले हाम्रो पार्टी उक्त सम्बोधनलाई स्वीकार गर्दछ । साथै, वर्तमान शान्तिपूर्ण संयुक्त जनआन्दोलनलाई सफलतासम्म पु¥याउन दर्जनौ“ सहिदहरूको बलिदान, हजारौ“ घाइतेहरूको योगदानको अविस्मरणीय भूमिका रहेको छ । ... प्रतिनिधिसभाको पुनःस्थापना हाम्रो आन्दोलनको उपलब्धिको पहिलो पाइला हो’ भनेको छ । बैठकले ‘हामी नेकपा माओवादीलाई जनताको बलमा पुनःस्थापित संसद्प्रति सकारात्मक भाव राख्न, सात दल र माओवादीबीच सम्पन्न १२ बु“दे समझदारीप्रति इमानदार रहन र संविधानसभाको चुनाव गराउने प्रक्रिया आरम्भ गराउने संसद्को प्रतिबद्धतामा सहयोग पु¥याउन पनि आह्वान गर्दछौ“ । शान्तिपूर्ण आन्दोलनमा सहभागी भएर प्राप्त गरिएको वर्तमानको उपलब्धिको रक्षा र सुदृढीकरणको प्रक्रियामा सहभागी हुन पनि हामी माओवादीहरूसमक्ष आह्वान गर्न चाहन्छौ“’– भनेको थियो । वैशाख १५ र १६ मा सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले ‘जनआन्दोलनका बलमा प्राप्त भएको यस सफलतालाई ऐतिहासिक उपलब्धि ठान्दछ र निर्धारित लक्ष्यसम्म पुग्ने मार्ग खुला भएको खुसी व्यक्त गर्दै उक्त लक्ष्यप्राप्तिका लागि दृढतापूर्वक अघि बढ्ने सङ्कल्प व्यक्त गर्दछ’ भन्ने निष्कर्ष निकाल्यो । साथै, बैठकबाट लोकतान्त्रिक गणतन्त्रतर्फ उन्मुख हुने नवौ“ बैठकको पार्टी सोचका आधारमा ‘संविधानसभाको चुनाव गरौ“, लोकतान्त्रिक गणतन्त्र स्थापना गरौ“” भन्ने कार्यनीतिक नारा तय गरेको छ ।

जनआन्दोलनको अपेक्षा र एमालेको प्रतिबद्धता

आन्दोलनमा संलग्न जनताको अपेक्षालाई आत्मसात गर्दै त्यो भावनाको नेतृत्व एवम् कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गर्न सात राजनीतिक दलहरू एवम् नेकपा (एमाले) को का“धमा छ । जनआन्दोलनमा व्यक्त जनभावनालाई कार्यान्वयन गर्न वर्तमान सरकार एवम् पार्टीहरूले विलम्ब गर्दा र आन्दोलनको राप र तापले प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्नमा ढिलाइ गर्नाले प्रतिगमनकारीहरू एवम् षड्यन्त्रकारीहरूलाई नै फाइदा पुग्नेछ । यसले आन्दोलनमा व्यक्त जनादेशलाई जनआन्दोलनको माध्यमबाट स्थापित संसद् एवम् जनताको सरकारले कार्य गर्नका निम्ति विलम्ब गर्नुहुन्न । आन्दोलनमा शहादत प्राप्त गर्नुभएका अमर सहिदहरूको सपना साकार पार्न संसद् एवम् सरकार दृढतापूर्वक अघि बढ्नुपर्छ । शाही सरकारलाई सम्पूर्ण रूपले परास्त गर्दै नेपाल सरकार बनाउने, शाही सेनालाई नेपाली सेनामा रूपान्तरण गरी त्यसलाई संसद्को मातहतमा ल्याउने, ०५९ असोज १८ पछि प्रतिगमनकारीहरूले गरेका आदेश, अध्यादेश, राजनीतिक नियुक्तिहरू अविलम्ब खारेज गर्ने, जनआन्दोलनमा घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्ने, अङ्गभङ्ग भएका तथा सहिद परिवारका व्यक्तिहरूको जीविकोपार्जन एवम् सम्मानका लागि सरकारका तर्फबाट आवश्यक पहल गर्नुपर्ने, आन्दोलनलाई दमन गर्ने दमनकारीहरूमाथि अविलम्ब कारबाही गर्न जरुरी छ । प्रतिगमनकारीका मतियारहरू नसल्बलाउन र त्यसको नेतृत्व गर्ने तत्कालीन शाही सरकारका प्रधानमन्त्रीले पुनः शिर उठाउन सक्छ भन्ने विषयलाई हेक्का राख्दै जनतालाई सही अर्थमा सार्वभौमसत्तासम्पन्न बनाउन संविधानसभाको निर्वाचनको मिति घोषणा गर्न, त्यसको प्रक्रिया एवम् स्वरूपसम्बन्धी आवश्यक गृहकार्य गर्न विलम्ब गर्नु हुन्न । यी कामहरू पूरा गरेर नै आन्दोलनमा व्यक्त जनताको भावनाअनुरूप एमालेले आफ्नो कर्तव्य पूरा गर्नेछ । पार्टीका तर्फबाट संसद् एवम् सरकारलाई दिएको प्रति प्रतिबद्ध रहनु त्यसलाई कार्यान्वयन गर्न सङ्कल्पित हुनु नै आन्दोलन निर्देशनप्रति एमालेको निष्ठा हो । आरम्भका दिनमा सरकारले आकार ग्रहण गर्न नसक्दा, जनताको तत्कालीन भावनालाई नेतृत्व गर्न केही ढिलाइ भए पनि सरकारले थोरै समयमा जुन निर्णयहरू सार्वजनिक गरेको छ, यसले आन्दोलनकारीहरूलाई राहत पुगेको अनुभूत गर्न सकिन्छ । बिहानीले दिनको सङ्केत गर्छ भनेजस्तै यसको थप उचाइ र निरन्तरता भए आन्दोलनको भावना एवम् जनआन्दोलनबाट स्थापित संसद् र सरकारको औचित्य पुष्टि गर्न बल पुग्नेछ ।

आन्दोलनको मैदानमा एमाले दह्रो, सहयात्रीबीच किन एक्लो ?

चैत २४ गतेदेखि सञ्चालन गरिएको आमहडतालसहितको विरोध प्रदर्शन राष्ट्रव्यापी रूपमा सम्पन्न गर्ने नीति अघि सार्दा नेकपा (एमाले) का विरुद्ध सहकर्मीहरू एमाले आन्दोलनलाई कमजोर बनाउन एमाले उद्यत रहेको आरोपसमेत लगाउन पछि परेनन् । अधिराज्यका चितवन, पोखरा, नेपालगन्ज, बुटवल, विराटनगर, झापालगायत मुलुकका सबै ठाउ“मा सम्पन्न जनआन्दोलन र जनसहभागिताले एमालेको उक्त नीति नै सही रहेको प्रस्ट पारेको छ । आन्दोलनसम्बन्धी योजना निर्माण, सङ्गठन परिचालन, प्रचार, नेतृत्व गर्ने क्षमता आन्दोलनमा शहादत प्राप्त गर्नेहरूमध्ये अधिकांश नेकपा (एमाले) का को पङ्क्ति रहनु, करिब पा“च हजार गोली लागी घाइतेहरूमध्ये अधिकांश एमालेकै रहनु, आन्दोलनका क्रममा गिरफ्तार परेका नेताहरूमध्ये एमालेकै उल्लेख्य सङ्ख्यामा रहेको तथ्य एमालेका लागि मात्र होइन, सहयात्री जो कसैले अनुभूत गर्ने विषय हो । आन्दोलनलाई एकस्तरमा पु¥याएपछि प्राप्त उपलब्धिको रक्षा गर्ने र थप उपलब्धिका निम्ति अघि बढ्ने सन्दर्भमा पुनःस्थापित संसद् र निर्माण गरिएको संयुक्त सरकारमा प्रतिनिधित्व गर्ने, सञ्चालन गर्ने सन्दर्भलाई लिएर सात दलहरूमध्ये मूलतः आफूलाई कम्युनिस्ट भन्ने साना राजनीतिक पार्टीहरू नेपाली काङ्गे्रसको पक्षमा लाग्ने, आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न विलम्ब गर्नुहुन्न र जनअपेक्षाहरूलाई तत्काल समाधान गर्ने गरी जिम्मेवारी लिएर अघि बढ्नुपर्ने एमालेको धारणालाई पदलोलुप, सत्ताको निम्ति हतारो भएको प्रचारबाजी गराउने, आन्दोलनको मोर्चामा एकछत्र अगुवाइ गरेको एमाले सहयात्रीहरूबीच किन एक्लो बन्यो ? यसको समीक्षा गर्न र यसबाट शिक्षा लिन एमालेले विलम्ब गर्नुहु“दैन ।

शान्तिपूर्ण जनआन्दोलन र जनसहभागिताको उत्कर्ष

चालू लोकतान्त्रिक आन्दोलन शान्तिपूर्ण आन्दोलन नै हो । हतियार बोकेका सेनाहरूभन्दा राजनीतिक चेतना बोकेका जनता नै बलिया हुन्छन् भन्ने यथार्थलाई यो आन्दोलनले पुष्टि गरेको छ । यो आन्दोलनले नेपालको इतिहासमा मात्र नभएर विश्वको इतिहासमा नै एउटा नया“ उचाइ प्राप्त गरेको छ । मूलतः शान्तिपूर्ण आन्दोलनको यो चरणले बलपूर्वक गर्न नसकिएका कैयौ“ विषयहरू समाधान गर्न सकेको छ । आन्दोलनले हिंसात्मक फौजी कारबाहीमा लागेका माओवादीलाई समेत राजधानीमा फौजी कारबाही स्थगित गरेको घोषणा गर्न बाध्य बनाए । विगतको आन्दोलनमा राजधानीमा जनसहभागिता कम भएका कारण कार्यक्रमलाई केन्द्रीकृत गर्ने सोचिए पनि यो आन्दोलनमा राजधानीवासी जनता सडकमा प्रभावकारी ढङ्गले उत्रिए । शान्तिपूर्ण आन्दोलनको माध्यमबाट मुलुकमा कायापलट गर्न सकिन्छ भन्ने जनताको बहुदलीय जनवादको नीतिअनुरूप यो आन्दोलनले त्यसलाई थप पुष्टि गरेको छ । चक्रपथको घेराउ र शाही सरकारले लगाएको कफ्र्यु, निषेधाज्ञालाई निस्तेज पार्दै दसौ“ लाख मानिसहरू एकैपटक सडकमा उत्रिए । आफूलाई शान्तिपूर्ण आन्दोलनको विपक्षमा उभ्याउ“दै आएको नेकपा (माओवादी) ले समेत राजधानीमा फौजी हमला स्थगित गरेको सार्वजनिक वक्तव्य दिन बाध्य भयो । यो घोषित शान्तिपूर्ण जनआन्दोलन नै हो । यसले नै निरङ्कुश शासकहरूलाई सत्ताबाट किनारामा धकेल्नका निम्ति निर्णायक भूमिका पूरा गरेको छ । यसलाई संसद् तथा सरकारको माध्यमबाट निरन्तरता दिनु, यसले अभियानलाई पूर्णतामा बदल्न सके मात्र शान्तिपूर्ण आन्दोलनको औचित्य एवम् आकर्षणलाई हामीले पुष्टि गर्न सक्छौ“ ।

शाही दमनको पराकाष्ठा

लोकतान्त्रिक आन्दोलनको यो अवधिमा सरकारले हदैसम्मका दमनका शृङ्खलाहरू सञ्चालन ग¥यो । निहत्था जनतामाथि गोली, विषालु ग्यास, ढुङ्गामुढा, लाठीचार्ज, अश्रुग्याससमेत प्रयोग ग¥यो । रबरका गोली मात्र नभई सिसाका गोलीसमेत हजारौ“को सङ्ख्यामा चलाइयो । सुरक्षा निकायका उपल्लो दर्जाका व्यक्तिहरूको घरबाट आन्दोलनकारीहरूमाथि गोली चलाइए । कतिपय स्थानमा प्रहरीले गोली नचलाउ“दा शाही सेनाद्वारा नै गोली चलाइयो । यस्ता गोलीबाट आन्दोलनकारीहरू मात्र नभई प्रहरीका अधिकृतहरूसमेत घाइते बन्न पुगे । दमनको यो चक्रस“गै सञ्चालन गरिएको १८ घण्टे कफ्र्युका कारण घाइतेहरूलाई उपचार गराउन लानसमेत सकिएन । शाही सरकारको तर्फबाट गोली लागी घाइते भएका व्यक्तिहरूलाई उपचारका निम्ति उद्दार गर्न गएका एम्बुलेन्सहरूलाई समेत घाइतेलाई उपचार कक्षमा लान दिइएन । मानवअधिकारकर्मी र सञ्चारकर्मीहरूलाई पास दिइएन । यो आन्दोलनमा पा“च हजारभन्दा बढी आन्दोलनकारीहरू गोली लागेर घाइते भएका छन् । पेसाकर्मीहरूको प्रदर्शनमाथि समेत शाही सरकारले गोली चलायो । आन्दोलनलाई कमजोर बनाउन र भा“ड्न नेताहरूमाथि साङ्घातिक आक्रमण गर्न सरकारी भिजिलान्तेहरूको प्रयोगसमेत गरियो । पार्टी महासचिव माधवकुमार नेपालको घरमा अराजक र उच्छृङ्खल जमातले आक्रमण गर्ने दुष्प्रयास गर्ने काम तथा सिंहदरबार गेटमा एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीमाथि भएको साङ्घातिक हमलालाई लिन सकिन्छ ।

निष्कर्ष

आन्दोलनले एउटा उचाइ प्राप्त गरिसकेपछि त्यसबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न जनआन्दोलनमा व्यक्त भावनाको कदर गर्नुपर्छ । यसअवधिमा नेतृत्वको अभिव्यक्ति र व्यवहार विपक्षी राजनीतिभन्दा माथि उठ्न सक्नुपर्छ । विषयमा प्रस्टताभन्दा सस्तो लोकप्रियताका लागि बहकिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । राजनीतिको मियो बन्ने जिम्मेवारी पूरा गर्न आवश्यक नीति एवम् योजना बनाउनुपर्छ । आन्दोलन परिचालनमा नेतृत्व केन्द्र बनेको एमालेले सरकारमा समेत त्यो पहिचान कायम गर्न सक्नुपथ्र्यो । अप्ठ्यारो बेला नेतृत्वबाट पन्छने र एकमना एकतासाथ लाग्ने जिम्मेवारी एमालेले पूरा गर्न चुक्नुहु“दैन । २१ जना सहिदहरूको शहादतबाट प्राप्त आन्दोलनको यो उचाइलाई सुदृढ गर्न सबै वर्ग, तह र समुदायको संलग्नतामा सञ्चालित ऐतिहासिक सङ्घर्षको यो अभिभारालाई पूरा गर्न नेकाप (एमाले) सुझबुझपूर्ण ढङ्गले लाग्नु अहिलेको तात्कालिक आवश्यकता हो । नीतिगत प्रस्टताका साथै व्यवहारमा समेत खरो उत्रन सक्नु अहिलेको हाम्रो चुनौती हो । हामी सम्पूर्ण रूपले सपना साकार बनाउन कटिबद्ध भएर लागौ“ । आन्दोलनको लक्ष्य र हामी सबैको भविष्य यसैमा अन्तरनिहित छ ।

– नवयुग, जेठ २०६३



See All Article