Bhanu Bhakta Dhakal

Article

– भानुभक्त ढकाल

राज्यहरूको संगमस्थल

सामान्य प्रचलनमा विश्व जनमानसले अमेरिका भन्नाले एउटा देशलाई बुझ्दछन् । यथार्थतामा अमेरिका भन्नाले उत्तर तथा दक्षिण अमेरिकी महादेश हो । संसारका मानिसहरूले सुनेको र बुझेको उत्तर अमेरिकी महादेशका ५० राज्यहरू मिलेर बनेको हुनाले नै यसलाई संयुक्त राज्य अमेरिका भनिएको हो । संयुक्त राज्य अमेरिकाको उत्तरमा क्यानडा, पूर्वमा एट्लान्टिक महासागर, दक्षिणमा मेक्सिको र पश्चिममा प्रसान्त महासागर रहेको छ । शक्ति हुनेकै पूजा हुने भएकैले होला, महादेशहरू भन्दा पनि एउटा देश बढी परिचित र प्रचलित छ । अमेरिकाको राजधानी सन् १८०० देखि वासिङ्टन डीसीमा छ । अमेरिकाको सबैभन्दा अग्लो स्थान हिमाल भ्याकेन्ली हो, यो अलास्कामा पर्दछ । यसको उचाई ६१९४ मिटर छ ।

इतिहासको पानामा अमेरिका

स्पेनिस नागरिक कोलम्बसले १४९२ मा अमेरिका पत्ता लगाएका थिए । १६०७ मा ब्रिटेनले पहिलो पटक भर्जिनियामा उपनिवेशको आरम्भ ग¥यो । उपनिवेशको करिव डेढसय बर्षको इतिहासमा अमेरिकी नागरिकले स्वतन्त्रताका लागि पटक–पटक विभिन्न राष्ट्रसँग आन्दोलन गरे, तीमध्ये १७७५ को स्वतन्त्रता आन्दोलन उल्लेखनीय मानिन्छ । १७०६ को मध्यतिर ब्रिटेनले १३ राज्यमा आफ्नो उपनिवेश कायम ग¥यो । गर्भनर र कार्यपालिकामा अमेरिकी नागरिक नै भए पनि यसको नियन्त्रण भने ब्रिटिस सरकारले नै गर्दथ्यो । १७७४ मा तिनै १३ वटा उपनिवेशका प्रतिनिधिहरूले कन्टिनेन्टल कंग्रेसको आयोजना गरे र तिनीहरूले नै १७७६ मा स्वतन्त्र राज्यको रूपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरे । १७८१ देखि यसले संघीय सरकारको रूप धारण ग¥यो । १७८३ को पेरिसमा सम्पन्न सन्धिबाट ब्रिटेनले अमेरिका स्वतन्त्र भएको स्वीकार ग¥यो । यसपछि १७८७ मा आयोजना गरिएको कन्फेड्रेशनले केन्द्रीय सरकारलाई युद्धको घोषणा गर्न र विदेश नीतिको व्यवस्थापन गर्ने अधिकार सुम्पियो । केन्द्रीय सरकार र राज्य सरकारको अधिकारको विषयलाई लिएर त्यसमा सहभागीहरूबीच विवाद भएको थियो । अन्ततः संसदमा जनसंख्याका आधारमा र सिनेटमा राज्यको समान प्रतिनिधित्व गर्नेगरी जुन २१, १७८८ मा संविधान संशोधनसहित पारित भयो ।

इतिहासका केही आफ्नैपनहरू

अहिले अमेरिका उत्पादनमा नेतृत्वकर्ता, उच्चस्तरको जीवनशैली, विज्ञान, प्रविधि, औषधि, सैन्य शक्तिमा विश्वमा आफ्नो एकछत्र प्रभुत्व राख्न सफल भएको छ । आजभन्दा करिव दुइसय वर्ष अगाडि त्यहाँका पहिलो राष्ट्रपति जर्ज वासिङ्टनले बिधवासँग विवाह गरेका थिए । अब्राहम् लिंकन राष्ट्रपति बनेपछि दास प्रथाको उन्मुलन गरेर काला जातिका व्यक्तिहरूको अधिकार स्थापित गरे । लिंकनलाई नाचघरमा गोली हानी हत्या गरिएको थियो । यस्तै, राष्ट्रपति केनेडी रोमन क्याथोलिक धर्मका प्रथम राष्ट्रपति थिए, उनलाई २२ नोभेम्वर १९६३ मा टेक्सासमा गोली हानी हत्या गरिएको थियो, जुन आजसम्म पनि रहस्यमय नै छ । २१६ वर्षको अमेरिकी इतिहासमा १९७४ मा राष्ट्रपति निक्सन मात्र एकजना राजीनामा दिने राष्ट्रपति हुन् । १९६९ मा चन्द्रमामा पुग्ने पहिलो व्यक्ति निल आर्मष्ट्र«ङ्ग अमेरिकी नागरिक थिए । बावु छोरा नै राष्ट्रपति हुनेमा रिपब्लिकन पार्टीका जर्जवुसहरू हुन् । रूजवेल्ट ४ पटक राष्ट्रपति बने ।

२१६ वर्षको यस अवधिमा १४ जना उपराष्ट्रपतिहरू राष्ट्रपति वने । ४४ वर्ष उपराष्ट्रपति बिना नै राज्य सञ्चालन भएको छ । अहिलेसम्म १७ जना राष्ट्रपतिहरू २ पटक निर्वाचित भएका छन् । इतिहासमा पहिलो आठवर्ष स्वतन्त्र व्यक्ति राष्ट्रपति बने । ४ वर्ष फेडरिक पार्टीले शासन चलायो । त्यसपछि लगातार २८ वर्षसम्म डेमाक्रेटिक रिपब्लिक पार्टीले एकछत्र विजय प्राप्त ग¥यो । १८२४ को निर्वाचनमा ज्याक्सनले लोकप्रिय मत ल्याए पनि सिनेटले अर्कै व्यक्तिलाई राष्ट्रपति बनायो, यही कारण रिपब्लिकन डेमोक्य्राटिक पार्टीमा विभाजन भयो । १७९० मा डेमोक्य्राटिक पार्टी १८०० मा रिपब्लिकन डेमोक्«याटमा परिणत भयो र १८२८ को निर्वाचनमा डेमोक्य्रा्रटिक र रिपब्लिकन छुट्टाछुट्टै पार्टीका रूपमा अघि बढे । निर्वाचनमा डेमोक्य्राटिकलाई विजय प्राप्त भयो । इतिहासमा ८ वर्ष मोर्चाले सरकारको नेतृत्व गरेको छ । यसक्रममा दुवै पटक निर्वाचित राष्ट्रपतिहरूको १–१ वर्षको अवधिमा मृत्यु भएकाले मोर्चाको सरकार अमेरिकाका लागि अफापसिद्ध मानियो । अब्राहम लिंकन पार्टी विभाजनपछि रिपब्लिकको तर्फबाट १८६१ मा पहिलो राष्ट्रपति बने । पार्र्टी विभाजनको १७६ वर्षको इतिहासमा रिपब्लिकनले ८८ वर्ष र डेमोक्य्राटले ८० वर्ष शासन संचालन गरेको पाइन्छ । हालसम्मका सवैभन्दा पाको उमेरको राष्ट्रपति रोनाल्ड रेगन ७० वर्षमा बने । सवैभन्दा कान्छो उमेरका ४३ वर्षका थियोडोर रूजवेल्ट बने । यी दुवै लगातार २/२ पटक नै राष्ट्रपति भए । यी दुवै रिपब्लिकन पार्टीका थिए ।

सरकार

संविधानतः संयुक्त राज्य र अन्य राज्यहरूबीच संघीय राज्यको अवधारणा अन्तर्गत शक्तिको विन्यास गरिएको छ । केन्द्रीय सरकार, राज्य सरकार र स्थानीय गरी तीन भागमा ब्यवस्थित गरिएको छ । अदालतमा समेत कामको परिभाषा तोकिएको हुन्छ । यहाँ संसद र सिनेट गरी दुई सदनात्मक व्यवस्था छ । तल्लो सदन संसदमा जम्मा ४३५ जना सदस्यहरूले विभिन्न राज्यहरूको तर्फबाट जनसंख्याको आधारमा प्रतिनिधित्व गर्छन् । सबैभन्दा बढी ५२ जना सांसदहरूले क्यालिफोर्निया राज्यबाट प्रतिनिधित्व गर्दछन् । उनीहरूको अवधि ४ वर्षको हुन्छ । माथिल्लो सदन सिनेटमा जम्मा १०० जना सदस्यहरू छानिन्छन्, जुन सबै राज्यहरूबाट समानरूपमा प्रतिनिधित्व हुन्छ । यसको अवधि ६ वर्षको हुन्छ । प्रत्येक ४ वर्षमा राष्ट्रपतिको निर्वाचन हुन्छ । इलेक्टोरल मतको आधारमा हुने यो निर्वाचनमा विजय प्राप्त गर्न जम्मा २७० मत चाहिन्छ । जनताको धेरै मत ल्याएपनि विजयी हुने कुराको ग्यारेन्टी गर्न सकिँदैन । सरकार प्रमुख, सेनाको संञ्चालक, विदेशका लागि प्रतिनिधि एवं राजदूतहरूको नियुक्ति, अन्तर्राष्ट्रिय मामिला, राज्यका उच्च पदाधिकारीसँग छलफल राष्ट्रपतिका काम हुन् । कार्यकारी विभागका प्रमुखहरूको नियुक्ति पनि राष्ट्रपतिले नै गर्दछन् । ४ वर्षका लागि सवै जिम्मेवारी उनले नै सम्हाल्नुपर्छ । त्यसलाई सिनेटले अनुमोदन गर्नुपर्दछ । कार्यकारी विभाग १४ वटा छन्, यो त्यहाँको क्याविनेट पनि हो । सेना सञ्चालनको लागि राष्ट्रपति प्रमुख भए तापनि उनले रक्षा मन्त्रीलाई सुरक्षाको जिम्मा तोक्ने गर्छन् जुन राष्ट्रपतिप्रति मात्र नभई संसदप्रति समेत जवाफदेही हुन्छन् ।

राष्ट्रिय विपत्तिको सामना गर्ने नेता संविधानभन्दा माथि हुन्छ

रूजवेल्ट १९३२ मा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति निर्वाचित भएपछि आर्थिक, राजनैतिक र सामाजिक क्षेत्रमा सुधारका कार्यक्रमहरू लागू गरी राष्ट्रलाई संकटबाट मुक्त गराए । १९३३ मा अक्टोवर क्रान्तिपछि रूससँग विग्रिएको सम्बन्धलाई राज्यको मान्यता दिई सुधार गरे । जसको कारण दोस्रो विश्वयद्धमा अमेरिका, रूस र ब्रिटेन एउटै मोर्चामा रहे । राष्टपति रूजवेल्ट ४ पटकसम्म राष्ट्रपतिमा निर्वाचित भए । उनको चौथो कार्यकाल भने जम्मा ८३ दिनको मात्र रहन गयो ।

राष्ट्रपति अदालतको बहुमतले छान्यो

अमेरिकामा पनि अदालतले राजनैतिक फैसला गरेको छ । जतिबेला रूजवेल्ट दोस्रो अवधिको निम्ति राष्ट्रिपतिको उम्मेदवार बनेका थिए, उनले अघि सारेको सामाजिक सुधारको कार्यक्रम लागू नगर्नू भनी अदालतले फैसला ग¥यो । राष्ट्रपतिले मन्त्रिपरिषद्को वैठक आयोजना गरी यो सरकारको अधिकारको विषय हो, सरकारले यसको कार्यान्वय गर्नसक्छ भनी कार्यान्वयन गरे । यस्तै २००१ मा भएको राष्ट्रपतीय निर्वाचनमा अनौठो पक्ष के रह्यो भने मतगणनामा कम्प्युटरले गन्दा एक व्यक्ति राष्ट्रपति हुने र हातले गन्दा अर्काले जित्ने आश्चर्यको घटना भएपछि वर्तमान राष्ट्रपतिका भाइ फ्लोरिडा राज्यका गभर्नरले निर्वाचनमा गरेको अनियमितताको विषयलाई लिएर सर्वाेच्च अदालतमा मुद्दा प¥यो । यसमा प्रमुख न्यायाधीशसहित ५ जनाले निर्वाचनको पुनः मतगणना नगराई वर्तमान राष्ट्रपति जर्जबुसलाई राष्ट्रपति मान्यता दिने फैसला गरे भने ४ जना न्यायाधीशले यसमा फरक मत राखे । यसरी अदालतको बहुमतले राजनैतिक फैसला गरी राष्ट्रपति घोषणासमेत गरेको पाइन्छ ।

युद्धमा भूमिका

पहिलो र दोस्रो विश्वयुद्धमा अमेरिका जाइलागेको पाइँदैन । जनता र राष्ट्रमाथि अरूको आक्रमण र क्षतिपछि मात्र युद्धमा सामेल भएको पाइन्छ । १९१४ मा ब्रिटिस जहाजमा जर्मनीले आक्रमण गर्दा ११९८ जनाको मृत्यु भयो, यसमध्ये १२८ जना अमेरिकी नागरिक थिए । युद्धबाट बाहिर बस्ने नारा दिंदादिंदै इतिहासमा पहिलो पटक अर्काको भू–भागमा गएर ६ अप्रिल १९१७ मा जर्मनीका विरूद्ध प्रत्यक्ष सेना परिचालन ग¥यो । त्यस्तै सन १९४१ को सेप्टेम्बर १ मा जर्मनीले पोल्याण्डमाथि अतिक्रमण गरी दोस्रो विश्वयुद्धको सुरूवात गरेपनि अमेरिका युद्धको विपक्षमा तटस्थको भूमिकामै सीमित थियो । सात डिसेम्वर १९४१ मा जापानले अमेरिकाको पर्ल हार्बर आक्रमण गरेपछिमात्र ऊ दोस्रो विश्वयुद्धमा सामेल भयो । यसको बदलास्वरूप १९४५ अगष्ट ६ र ९ मा जापानको हिरोसिमा र नागसाकीमा अणु बम खसाली जापानलाई समर्पण गर्न बाध्य तुल्यायो । शीतयुद्धको समयमा अमेरिका र रूसबीच बढेको विवाद र युद्धको होडबाजीका कारण १९५० देखि दक्षिण कोरिया, १९५७ देखि १९७३ सम्म भियतनाम, पश्चिम जर्मनीमा अमेरिका प्रत्यक्ष सैनिक क्याम्प खडा गरी सेना परिचालन गर्ने, कम्युनिष्ट विरोधी राष्ट्रलाई आर्थिक सहयोग दिने र हतियारको प्रतिस्पर्धामा लाग्ने काममा केन्द्रित भयो । १९७३ मा दक्षिणी भियतनामबाट अमेरिकी सेना फिर्ता भएको दुई वर्षपछि नै भियतनाम एउटै राष्ट्र बन्न सफल रह्यो । सेनाको आडमा राज्य टिकाउने र शासन लाद्ने प्रवृत्तिबाट मुक्त हुन भियतनामबाट समेत अमेरिकाले शिक्षा लिन सकेको देखिंदैन ।

पछिल्लो अवधिमा सैन्य शक्ति र आर्थिक उन्मादले अमेरिका मैमत्त भएको पाइन्छ । आफूलाई लागेको सवै प्रजातन्त्र र आफ्नो स्वार्थको प्रतिकूल सवै प्रजातन्त्र विरोधी एवं आतंककारी र आतंककारीका मतियार देख्ने प्रवृत्तिले विश्वका न्यायप्रेमी जनता एवं राष्ट्रहरूको स्वतन्त्रताको चीरहरण गर्ने अमेरिकाको दादागिरी प्रवृत्तिका अगाडि विश्व निरीह सावित भएको छ । १९८९ मा पनामामा सेना पठाएर त्यहाँको जनरल नोरिगालाई गिरफ्तार गरी लागू औषधको अभियोगमा मुद्दा चलाउनु, युगोस्लाभियाका पूर्व राष्ट्रपति मिलोसेविचलाई गिरफ्तार गरी अन्तर्राष्ट्रिय न्यायालयका नाममा अमेरिकाको निर्देेशनमा मुद्दा चलाउनु, स्वतन्त्र राष्ट्र इराकमाथि १९९१ मा आक्रमण गर्नु, ११ सेप्टेम्बरको घटनालाई विषय बनाएर आफ्ना विरोधी एवं आफूसँग असमहत पक्षलाई आतंककारीको नाममा बद्नाम गर्नु, आक्रमण गर्नु अहिले अमेरिकाको नित्यकर्म बनेको छ ।

शक्तिमा आएपछि बढेको स्वार्थ

१९१७ सम्म आइपुग्दा अमेरिका केन्द्रीय शक्तिको रूपमा विकसित भइसकेको थियो । १९२०मा भर्सेलीज सन्धि भयो, यसबाट लिग अफ नेसन बन्यो । यो संस्थामा ऊ सामेल नभइ असफल नै बनायो । दोस्रो विश्व युद्धपछि १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना गरी त्यसको केन्द्र, न्यूयोर्कमा रहने व्यवस्था ग¥यो र शक्तिका आडमा यो संस्थालाई समेत आफ्नो स्वार्थअनुरूप उपयोग गर्ने काम ग¥योे । शितयुद्धको आरम्भसंँगै कम्युनिष्टहरूविरूद्ध मोर्चाबन्दी गर्दै नेटोलगायतका संस्थाहरूको निर्माण गरी अरूको समेत सहयोगको आवरणमा अमेरिकाले शक्तिको दुरूपयोग गरेको पाइन्छ । वित्तीय संस्थाहरूमार्फत् समेत शोषण गर्नेमात्र होइन कि उसका निर्देशनहरू मान्न बाध्य बनाएको छ ।

निर्वाचन र यसको संकेत

अमेरिकाको राष्ट्रपतिको निर्वाचन इलेक्टोरल मतको आधारमा हुन्छ । विभिन्न राज्यहरूमा इलेक्ट्ररल मत संख्या तोकिएको छ । यो प्रणालीअनुसार राज्यका मतदाताहरूले राष्ट्रपतिको उम्मेदवारलाई मतदान गर्दछन् राज्यमा जसले बढी मत ल्यायो, त्यो राज्यको इलेक्टारल मत संख्या सवै नै बढी ल्याउनेको पक्षमा जान्छ । यसरी ५० राज्यमध्ये जसले बढी ल्याउँछ ऊ नै राष्ट्रपति बन्छ । राष्ट्रपतिसँंगै एक तिहाई सिनेट सदस्य र ५०% सांसदहरूको पनि यही अवधिमा निर्वाचन हुने गर्दछ । यसपटकको निर्वाचनमा रिपब्लीकन पार्टीका जर्ज बुस २९ राज्यमा अग्रता कायम गर्दै विजयी बने । लोकप्रिय मतमा ५१ प्रतिशत ल्याई उनी नै अगाडि रहे । लामो समयपछि रिपब्लिकन पार्टीले सिनेट तथा संसदमा समेत स्पष्ट बहुमत प्राप्त गरेको छ । राष्ट्रपतिलाई अंकुस लगाउने निकायमा समेत डेमोक्रेटहरूको बहुमत गुमेकोले विनाअवरोध बुसको नीतिलाई विगतका दिनमा भन्दा अझ हैकमवादी शैलीमा अघि बढ््न बाटो खुल्ला भएको छ । सर्वाेच्च अदालतका न्यायाधीसहरूको नियुक्ति पनि सन २००६ मा हुने भएकोले न्यायिक क्षेत्रबाट समेत रिपब्लीकनहरूको लागि अनुकूलता थपिने भएको छ । यसले अमेरिकी जीवनमा नै दीर्र्घकालीन असर पर्ने देखिन्छ । यसपटकको निर्वाचनमा अफगानिस्तान र इराकमा अमेरिकी सेनाको नेतृत्वमा संचालन गरिएको युद्धलाई मूल मुद्दा बनाइएको थियो । विगतको निर्वाचनमा आन्तरिक विषयले प्राथमिकता पाउँथ्यो भने अहिले अन्तर्राष्ट्रिय र अमेरिकाको सुरक्षा जस्ता विषय मूल बने । युद्ध अहंकारले अमेरिकी जनतामा जवर्जस्त घर गरेको, युद्धको माध्यमबाट नै विश्वमा अमेरिकाको बर्चस्व कायम गर्न सकिन्छ भन्ने भावनाले काम गरेको पाइन्छ । निरंकुशतन्त्र, कट्टरता, हैकमवादी प्रवृत्ति र सैन्य उन्मादले सत्ताको समेत दुरूपयोग गर्दै अमेरिकी इतिहासमा बढी खर्च गरेर यो निर्वाचनमा वुसले विजय प्राप्त गरे, युद्धकालीन अवस्थामा आक्रामक र अडान भएको, आफ्नै निर्णयमा दमन अख्तियार गर्ने व्यक्तिलाई नै विजयी बनाउनुपर्छ भन्ने अमेरिकी जनताको भावना भजान बुस सफल भए ।

शीतयुद्धपछिको उदार प्रजातान्त्रिक आन्दोलन यो निर्वाचन परिणामपछि कमजोर बनेको छ । राष्ट्रिय स्वाधिनता, सामाजिक मुक्ति आन्दोलन र जनताका प्रजातान्त्रिक हकअधिकारका आन्दोलनमा समेत यसबाट नकारात्मक प्रभाव पर्ने छ । आफूसंँग विमति राख्नेहरूमाथि आतङ्ककवादको नाममा दमन गर्ने अभियानले अरू प्रश्रय पाउनेछ । साना राष्ट्रहरू तथा कमजोर राज्यहरूको स्वतन्त्रता, स्वाभिमान र आत्मनिणर्यको अधिकारमा हस्तक्षेपको मात्रा बढ्ने छ । विश्वमा एकछत्र हैकम कायम गर्ने अमेरिकाको यो अभियानमा अन्य मुलुकहरू सहयोगीको रूपमा देखापर्नेछन् वा विमति भए पनि शक्तिको अगाडि मौनता साँध्ने नीति लिनेछन् । जसले आफूमाथिको खतरालाई ननिम्त्याओस् । विश्वका कट्टरतावादी निरंकुश जनविरोधी शासकहरूको मनोवल बढ्ने छ । जनताका न्यायोचित आन्दोलनमाथि दमन गर्न उत्साहित बनाउने छ । अरूमाथि दमन गरेको भरमा नै शासन सत्ता आफ्नो हातमा रहन्छ भन्ने घमण्डले अझ यो प्रवृत्तिलाई उक्साउने छ । जसको परिमाणस्वरूप क्यूवा, उत्तर कोरिया र इरानलगायतका मुलुकहरूमाथिको संभावित आक्रमणको आतंकले विश्व जनमत चिन्तित देखिन्छ । अन्य राष्ट्रहरूमाथिको नाकाबन्दी, सैन्य हस्तक्षेप र उसको भावनाअनुसार नचल्ने राष्ट्रहरूमाथि जुनकुनै बेला जुनसुकै प्रकारको खतरा मोल्न विवश हुनेछ । अमेरिकाको यसपटकको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार सिनेटर जोन केरी सर्वाधिक चर्चाको शिखरमा रहे । पूर्व अनुमान गर्ने विभिन्न व्यक्ति एवं संस्थाहरूले समेत निर्वाचनको मतगणनाको केही समयअगाडिसम्म पनि भविष्यवाणी गर्न सकेका थिएनन् । निर्वाचन अमेरिकाको भए पनि यो निर्वाचन विश्वभरी नै चर्चाको विषय बन्यो । विश्व जनमत भने केरीको पक्षमा थियो । विश्वको चासो एवं सरोकार भएपनि अमेरिकी जनता मतदाता रहेको यो निर्वाचनको परिणामले विश्व जनमत पराजित बन्न पुग्यो । तुलनात्मकरूपमा प्रजातान्त्रिक मूल्य–मान्यतालाई आत्मसात गरेको, सैन्य उन्मादी भन्दा विचारको आधारमा प्रभुत्व कायम गर्ने, अन्तर्राष्ट्रियस्तरमा अन्य शक्तिहरूलाई समेत सहमत गराउँदै अघि बढ्ने यसको नीतिले खुल्ला समाज एवं उदार प्रजातान्त्रिक परिपार्टीलाई थोरै भए पनि वल पुग्ने थियो ।यो निर्वाचन परिणाम पछि अमेिरकाको जीवनमा डेमोक्रेटहरूले कठिन परिस्थितिको सामना गर्र्न बुद्धिमतापूर्ण ढंगले कसरी अगाडि बढ्ने हुन्, यो आफैंमा एउटा चुनौतीपूर्ण घडी हो ।

लडाई लड्नेले हा¥यो र भाग्नले जित्यो

अमेरिकामा राष्ट्रपति भएका चर्चित व्यक्तिहरू सैनिक क्षेत्रबाट आएको हुनाले यहाँको नेतृत्वले युद्धप्रति बढी रूझान राख्ने गरेको पाइन्छ । हुन त जीत लड्नेहरूको नै हुन्छ । अपवादमा भाग्नेहरूले पनि कहिलेकाहीं जित्नसक्छन् । अमेरिकाको यसपटकको निर्वाचनमा अन्य देशमा गएर लड्नु पर्ने भए बुसको परिवार जन्मस्थलबाट टक्सास भागेको थियो । लडाईमा सामेल भएनन्, तर केरी भने विदेशी भूमिमा लडेर तीन पटकसम्म घाइते बनेको जिउँदो इतिहास हुँदाहुँदै पनि आज युद्धको नेतृत्वको नाममा वुसले जित्न पुगे भने सहभागी केरी भने हार्न पुगे ।

– नवयुग, मंसिर २०६१



See All Article