Bhanu Bhakta Dhakal

Article

– भानुभक्त ढकाल

भौगोलिक स्थिति

विश्वको मानचित्रमा सुक्ष्मरूपमा हेर्दामात्र देखिने, ससाना टापुहरूको सिक्ती आकृतिमा बा“धिएर बसेको माल्दिभ्स दक्षिण एसियाको एउटा सानो राष्ट्र हो । यो सानो मुलुकमा ११९० वटा टापु छन् । साना–साना टापुहरू मिलेर बनेको यस देशमा सबैभन्दा ठुलो टापु १३ वर्ग कि.मि. क्षेत्रफलको छ । यहा“का टापुहरू एक लाख वर्ष अगाडिदेखि समुद्र सतहमा अवस्थित रहेको भूगोलविद्हरू बताउ“छन् । यहा“ सम्पूर्ण क्षेत्रफलको जम्मा दश प्रतिशतमात्र जमिन छ । टापुहरू नया“ उदय हुने र लोप हुने क्रम पनि जारी नै छ । कुल २९८ वर्ग कि.मि.मा फैलिएको यो मुलुक संसारमा क्षेत्रफलको दृष्टिले १८४ औं स्थानमा पर्दछ र यस देशको कूल जनसंख्या २,८८,८०० छ, जुन विश्वमा १६९ औं स्थानमा पर्दछ । प्राकृतिक दृष्टिले २६ वटा क्षेत्र (एट्लास) मा विभाजित भए पनि प्रशासनिक हिसाबले यसलाई १९ वटा क्षेत्र (एट्लास)मा विभाजन गरिएको छ । यसको उत्तरी सिमाना ६०० कि.मी. टाढा भारतको दक्षिणी सिमानामा पर्दछ । दक्षिण–पश्चिम क्षेत्रमा श्रीलंङ्का पर्दछन् । भारतीय महासागरको बीचमा ७६४ कि.मी. लम्बाई, १२९ कि.मी. चौडाईमा यो अवस्थित छ । समुद्रको सतहबाट २ मिटरको अग्लाइदेखि सुरू भएर सबैभन्दा उच्च पहाड ओइलिङजिलीको उचाई २४ मिटरको छ । देशको उत्तरी भागमा २५० से.मी. र दक्षिणमा ३८० से.मी. औसत पानी पर्ने यो मुलुकको सरदर तापक्रम २७ डिग्री सेल्सीयस छ । यसको राजधानी माले हो ।

एतिहासिक पृष्ठभूमि

१६ औं शताब्दीमा १५ वर्ष पोर्चुगलले शासन गरेको बाहेक,स्वतन्त्र राज्यको रूपमा यो देशको आफ्नै इतिहास छ । सन् १८८७ देखि १९६५ जुलाई २६ सम्म बेलायतले माल्दिभ्सलाई आफ्नो उपनिवेश बनाएको थियो । तत्कालीन सुल्तान (राजा) बाट १९६८, नोभेम्वर ११ मा यसलाई गणतन्त्रात्मक राज्यका रूपमा स्थापित गरियो । श्रीलंङ्काबाट गएका आर्यहरू इशापूर्व ५०० मा सर्वप्रथम त्यहा“ बसेको इतिहासले देखाउ“छ । मुख्यगरी श्रीलंङ्का र दक्षिण भारतबाट बसाई–सराई गरी यी टापुहरूमा मानिसहरूको वसोबास भएको देखिन्छ । पछिल्लो अनुसन्धानले इशापूर्व १५०० वि.सी.मा नै माल्दिभ्सको टापुहरूमा मानिसको बसोबास गरेको थाहा भएको छ । सन् ९४७ मा अरेवियन यात्रुहरू त्यहा“ पुगेपछि यसको सम्बन्ध बाहिरी दुनियास“ग बढ्न गयो । यहा“ मसला, नरिवल, माछाको सुकुटी र सिद्राजस्ता बस्तुहरू पाइने कारणले यसको व्यापारको सम्भावनालाई अन्तराष्ट्रिय जगतमा बढायो ।

अफ्रिका र चीनमा पैसाको रूपमा लिइने अयधचथ कजभििक (एक प्रकारको सिपी) यहा“ पाइन्थ्यो । बाहिरको सम्पर्कले यहा“का जनताको जीवनमा परिवर्तन ल्याउ“दै गयो । सुरूमा यहा“ वुद्ध धर्मको प्रभाव थियो । अरब र पर्सियाका यात्रुहरूको बढी सम्पर्कले पछि मुस्लिम धर्मको प्रभाव पर्न गयो । ११५३ मा राजा कोइमालाको नाम बदलेर सुल्तान मोहमद विन अब्दुल राखियो । जो पहिलो सुल्तानका रूपमा मालेमा उदीयमान भए । सुल्तान काल्हु मोहमदले सर्वप्रथम माल्दिभ्समा कुटनैतिक सम्बन्ध स्थापित गर्न विदेशीलाई बोलाए । १६ औं शताब्दीमा पोर्चुगलले सत्ता चलाउनु अगाडि यो राष्ट्र समृद्ध थियो । दक्षिण भारतका राजाले मालेमा आक्रमण गर्दा त्यहा“को दरबार नष्ट भयो । यसपछि सुल्तान कहिल्यै फिरेनन् ।

राजधानीका बीचमा अवस्थित अति सुन्दर मुलि आगे (राष्ट्रपति भवन) १९१३ मा बनेको हो । यसको नजिकै १६५६ मा बनेको हुकुरूमिजिको ठुलो मस्जिद छ । मानिसहरू दिनको पा“चपटक प्रार्थना गर्न जाने मुनारू टावर १६७५ मा बनाइएको थियो । जलको बीचमा संसारबाट छुट्टै भएकोले पनि यिनीहरूको एकता, आपसी सद्भाव गाढा देखिन्छ । एउटै परिवारजस्तै भएर बस्ने भएकाले बाह्य नकारात्मक प्रभावबाट बच्दै यिनीहरूले आफ्नै मौलिक धर्म–संस्कृतिलाई कायम राखेका छन् । समुद्रको किनारामा मेरिन डाइभ नामको रमणीय ठाउ“ छ, जहा“ बेलुका प्रार्थना सकिएपछि मानिसहरू मनोरञ्जनका लागि जान्छन् । मालेको पश्चिमी आफ्ना क्षेत्रमा ठुला–ठुला रूखहरू भएका स्थानमा आवास गृहहरू छन् । मालेको व्यस्त सडकका वरीपरी सरकारी कार्यालयहरू छन् । समुद्रको किनार, बन्दरगाह, पानीका फोहोराहरू र रेष्टुरेण्टहरूले राजधानी मालेलाई निकै आकर्षक, रमणीय बनाएको छ ।

प्रजातन्त्रको नाममा सर्वसत्तावाद

सन् १९६८ देखि नै गणतन्त्रात्मक व्यवस्था अंगालेको मुलुक माल्दिभ्समा आज पनि जनताले प्रजातन्त्र र मानव अधिकारको कमै मात्र उपभोग गर्न पाएका छन् । संवैधानिक व्यवस्था अनुसार माल्दिभ्समा प्रत्येक पा“च बर्षमा राष्ट्रपतिको लागि प्रत्यक्ष बालिग मताधिकारका आधारमा निर्वाचनको माध्यमबाट जनताले आफ्नो नेता चुन्न पाउ“छन् । त्यसैगरी, पा“च बर्षको लागि नै त्यहा“ संसदको लागि प्रत्यक्ष निर्वाचन गरिन्छ । यहा“को संसदलाई मजिल भनिन्छ । यसमा जम्मा ४८ जना सदस्य हुन्छन् । जसमध्ये ८ जनालाई राष्ट्रपतिले आफै मनोनित गर्दछन् ।

टापु नै टापुहरूको देश माल्दिभ्समा नेपालमा जिल्ला भने झैं टापुहरूलाई एट्लासका रूपमा छुट्टाइन्छ । एट्लासहरूको सञ्चालनका लागि निर्वाचनद्वारा नै कमिटी छानिन्छ । त्यसै कमिटीले सम्बन्धित एट्लासमा नेतृत्व गर्दछ तर त्यो एट्लासको प्रमुखको नियुक्ती भने सरकार आफैले गर्दछ । यसरी, स्थानीय तहमा पनि मुख्य नियन्त्रण सरकारकै हातमा रहेको छ ।

सत्ताको प्यास र अनन्य पगरी

माल्दिभ्समा विधानतः प्रजातान्त्रिक सरकार भए तापनि व्यवहारमा भने त्यहा“का जनताले निरंकुशतन्त्र भएका मुलुकभन्दा पनि कम प्रजातन्त्रको उपयोग गर्न पाएका छन् । संसारमै नभएको अचम्मको प्रजातन्त्र त यो छ की, राष्ट्रपतिले आफै ९ सदस्य मन्त्रीमण्डलको नियुक्ति गर्ने गर्दछन् र आफू नै देशको प्रधानमन्त्री बन्छन् । यतिले मात्र नपुगेर राष्ट्रपति स्वयम् नै देशको सशस्त्र बल र प्रहरीका प्रमुख, रक्षा तथा राष्ट्रिय सुरक्षामन्त्री, अर्थ तथा राज्यकोष मन्त्री, मुद्रा प्राधिकरणका गर्भनरसमेत बनेका छन् । देशको सर्वोच्च अदालतको प्रमुख न्यायाधीशको नियुक्ती गर्ने मात्र होइन कि उनले न्यायालयले गरेका निर्णयसमेत बदर गर्ने हैसियत राख्दछन् ।

पानी जहाजको मेनेजरदेखि राष्ट्रपतिसम्म

सन् १९८५ मा सार्कको स्थापना कालदेखि हालसम्म निरन्तर राज्य प्रमुखका रूपमा रहेका एक मात्र व्यक्ति महमद अव्दुल गयुमको व्यक्तिगत जीवनी हेर्दा अचम्म लाग्दो छ । १९७१ मा सर्वप्रथम सरकारले महमद अब्दुल गयुमलाई समुद्री जहाज कम्पनीको म्यानेजरमा नियुक्त गरेको थियो । यसपछि, टेलिफोन अफिसको डाइरेक्टर, प्रधानमन्त्रीको कार्यालयमा विशेष सचिवालयको सदस्य, छिमेकी मित्रराष्ट्र श्रीलंङ्काको सहायक राजदुत, संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि, १९७७ मा सरकारको यातायात मन्त्री हु“दै १९७८ मा नागरिक मजिलको तर्फबाट राष्ट्रपतिको उम्मेद्वार भई राष्ट्रपतिको पदमा पुगेका थिए । गयुम सन् १९७८ देखि लगातार आजसम्म सो पदमा रहेर एसियाकै लामो समयसम्म पदमा रहेका एक मात्र व्यक्ति हुन् । यिनको शासनमा सञ्चारमा सरकारको पूर्ण नियन्त्रण, नातावाद र भ्रष्टाचार चरम चुलीमा पुगेको देखिन्छ । न्यायपालिका र व्यवस्थापिकामा कार्यपालिकाको हैकम, राष्ट्रिय सुरक्षा सेवामा दमन र क्रुरता, विपक्षी राजनीतिक पार्टीहरूमाथि प्रतिबन्ध र आफ्ना आलोचक र राजनीतिक विरोधीमाथिको दमन गयुमको शासनको पर्यायबाची नै बनेको आभाष हुन्छ ।

वर्तमान आन्दोलन र सरकारी रवैया

२००४ को अगष्ट १३ मा प्रजातन्त्र पक्षधरको विरोधलाई छिन्नभिन्न बनाउन सुरक्षा बलले अश्रु ग्या“स र रवरका गोली प्रयोग गरेपछि स्थिति थप संकटमा पुग्यो । करिव ५ हजार प्रर्दशनकारीले प्रजातान्त्रिक अधिकार, गिरफ्तारमा परेका राजनीतिक बन्दीहरूको रिहाई र राष्ट्रपति र मन्त्रीको राजीनामाको माग गर्दै सडकमा प्रदर्शन गरे । यसरी प्रदर्शन गर्नेहरूमध्ये प्रभावशाली सदस्य सहित १८० जनालाई सरकारले गिरफ्तार गर्यो । गिरफ्तारीमा पर्नेहरूमा पूर्व महान्यायाधिवक्ता, ६ जना सांसदहरू, सार्कका भू.पू. महासचिवलगायतका व्यक्तिहरू थिए । प्रभावशाली कानुन व्यवसायी एवं मानव अधिकार आयोगका सदस्य हुस्नु अल सुदलाई उपचारका लागि बै“कक जान लागेका बेलामा विमानस्थलबाटै गिरफ्तार गरियो ।

२००४ जुलाई १९ मा नया“ सविधानसभाको पहिलो बैठकदेखि नै राजनीतिक स्थिति निरन्तर तातिरहेको छ । त्यो दिन कार्यकारी सभामुख तथा राष्ट्रपतिका भाइले नया“ सभामुखको छनौट संविधानको धारा १३३ अन्तर्गत गोप्य मतदानबाट नगरेर हात उठाएर खुल्ला मतदान गराए । जसको कारण १४ जना सांसदले संसद बहिस्कार गरे । सरकार माथि अन्तर्राष्ट्रिय चासो र दवाब बढ्न थाल्यो । युरोपेली आयोगले आर्थिक नाकाबन्दीको घोषणा ग¥यो । युरोपेली कुटनीतिज्ञहरूको आयोजनामा एउटा अनुसन्धान टोली थुनामा परेका ६ सांसद र मानव अधिकार आयोगका सदस्य र राजनीतिक नेता तथा कार्यकर्ताहरूको स्थिति बुझ्नका लागि माल्दिभ्स गयो तर सरकारले भने प्रजातान्त्रिक प्रकृयामा अरू मद्दत पु¥याउनका निम्ति टोलीलाई निमन्त्रणा गरेको भन्ने प्रचारमा ल्यायो । अगष्ट १७, २००४ मा राष्ट्रपतिद्वारा राष्ट्रिय संकटकाल लगाइएको थियो ।

माल्दिभ्स सरकारलाई प्रजातान्त्रिक प्रक्रियामा आउन राष्ट्रिय आन्दोलन एवं अन्तर्राष्ट्रिय क्षेत्रको पनि दवाव परेको अनुभूत गर्न सकिन्छ । यही कारण सरकारले सुधारका लागि भनेर केही प्रस्ताव अघि सारेको छ । जस अनुसार, अब राष्ट्रपतिको निर्वाचन सिधै जनता वा मजिलले छानेका उम्मेद्वार मध्येबाट गर्ने, न्यायपालिकामा राष्ट्रपतिको अधिकार कटौति गर्ने, कुनै पनि व्यक्तिले पदमा जाने पटक तोक्ने, प्रधानमन्त्रीको कार्यालय स्थापना गर्ने, कानुनका आधारमा राजनीतिक पार्टीको निर्माण र यसका गतिविधि सञ्चालन गर्न दिने, आदि । गयुमले यी प्रस्ताव अघि सारे पनि राष्ट्रपतिको यो नया“ षड्यन्त्रका रूपमा आम जनसमुदायले हेरेको पाईन्छ, किनकी अहिलेको संविधान लागू गर्न पनि गयुमलाई १७ वर्ष लागेको थियो ।

समाज र अर्थतन्त्र

माल्दिभ्समा प्रायः जनताहरू सिंहाली मूलका छन्, जो आरम्भमा श्रीलंङ्काबाट आएका थिए। यसको अलाबा भारतको दक्षिणी क्षेत्र, अरब राष्ट्र, पूर्वी अफ्रिका तथा अन्य क्षेत्रबाट छिटफुट रूपमा आई आज यो देश मिश्रित जातिहरूको बसोबासको संगम थलो बनेको छ । प्रायः सबै माल्दिभियनहरू सुन्नी मुस्लीम छन् । यहा“ ८५६ प्रति बर्ग कि.मी. जनघनत्व छ भने ६७ प्रतिशत मानिसहरू ग्रामीण क्षेत्रमा र ३३ प्रतिशत मानिसहरू सहरमा बस्छन् । कूल जनसंख्याको ४८.५महिलाहरू रहेका छन् । यो देशका जनताको विशेष खालको बनावट छ । शारीरिक रूपमा प्रायः साना दारका देखिने यिनीहरूमा सामुहिक भावनामा कामगर्ने प्रवृत्ति देखिन्छ । परिवारका सदस्यबीचको कसिलो सम्बन्ध जस्तै राष्ट्रवासीहरूमा समेत एकताको भावना पाइन्छ । अरूलाई आदर गर्ने, मान्यजन प्रति आदरभाव राख्ने माल्दिभीयनहरू विदेसी पाहुनाहरूलाई समेत यस्तै व्यवहार गर्दछन् । देशको कूल जनसंख्याको एक चौथाई जनता राजधानी मालेमा बसोबास गर्दछन् । उनीहरू पाहुनालाई नरिवलको चिसो पानी, स्वस्थ्यकर खानेकुरा र माछाका परिकारहरू खुवाउ“छन् । उनीहरू एथेलेटिक्स, सामुहिक टिमबाट खेलिने खेल खेल्न रूचाउ“छन् । पौडी, डइभिङ्, टेनिस, त्र्रिmकेट र ब्याडमिन्टन जस्ता खेलहरू खेल्छन् । साथित्व र इमानदारितामा पोख्त उनीहरू मुस्लीम परम्परा अनुसार अरूलाई आदर गर्दछन् । क्षमतावान युवा महिलाहरू सरकारका निर्णायक स्थानमा बसेर जनता र राष्ट्रका लागि नथाकी काम गरिरहेका छन् । मस्जिदमा दिनमा पा“च पटक प्रार्थना गर्न जाने, चाडपर्बमा रमाइलो गर्ने र महिला–पुरूषहरू नाच गान गर्ने गर्दछन् । यहा“का जनताको प्रतिव्यक्ति आय रू.४९९३ (यु.एस.डलर ७०३.४) र विकास दर ६.२ प्रतिशत छ । राष्ट्रिय उत्पादनमा उद्योगको ५.८ प्रतिशत हिस्सा छ । १५ देखि ५९ वर्षसम्मको काम गर्न सक्ने दक्ष जनशक्ति ५०.०६ प्रतिशत छ । यहा“को जन्मदर ३.४ प्रतिशत छ । यसको मुद्रालाई रूफिया र लारि(सिक्का) भनिन्छ, जो १२.७२ प्रति युएस डलर हुन आउ“छ ।

भाषा र शिक्षा

यो राष्ट्रको भाषा श्रीलंका, दक्षीण पूर्व एसिया, उत्तर भारतसंग मिल्ने मिश्रित खालको छ । यसको विषय–वस्तु अरवी, हिन्दी र अंग्रेजी जस्तै छ । सुरूमा बसोबाससंगै सिंहाली भाषा नै प्रचलनमा थियो । ११५३ देखि “धिवेही” राष्ट्रभाषाका रूपमा प्रचलित छ । यो दाया“बाट वाया“तिर लेखिन्छ । यस देशमा अकुरू र थानन लिपि प्रचलित छ । अरवी भाषासंग यो धेरै हदसम्म मेल खान्छ । “धिवेही” भाषा १९६५ देखि सरकारी कार्यालय तथा विद्यालयमा माध्यम भाषाको रूपमा राज्यभरी प्रयोग गरिन्छ ।

परम्परागत शिक्षा प्रणालीमा कियामेज, माकथाब र मदरसा महत्वपूर्ण छन् । साक्षरताको क्षमता बढाउनमा मदरसाको उल्लेख्य योगदान पाइन्छ । यो देशमा ९३ प्रतिशत मानिसहरू साक्षर छन् । धिबेही, अरवी र सामान्य गणितको पढाइ हुन्छ । अंग्रेजी माध्यममा पनि पढाईन्छ र यसमा लण्डनको ओ तथा ए लेभलको शिक्षा दिने व्यवस्था पनि छ । माछा उत्पादन विज्ञानको अध्ययन मा.वि. स्तरमा गराइन्छ । दक्ष शिक्षकहरूको अभावका कारण सरकारले शिक्षकहरूका लागि विशेष तालिमको व्यवस्था गर्ने गरेको छ ।

धर्म

माल्दिभ्सका सम्पूर्ण नागरिकहरूले इस्लाम धर्म मान्दछन् । मालेमा एउटा सुनौला छाना भएको अग्लो मस्जिद छ । यसले मानौं कि माले माथिको आकासै ढाकेको छ । हवाइ वा पानी दुवै जहाजबाट यो मस्जिद सबै भन्दा पहिला देखिन्छ । सुन्नी मुस्लिमहरू विश्वास गछनर्् कि त्यहा“ कुनै भगवान छैन तर अल्लाह छन् । सम्पूर्ण शक्तिशाली र सर्वोच्च भनेकै अल्लाह हुन् । मोहमद भनेका अल्लाहका हुलाकी मात्र हुन् । यो धर्मका पा“च पिलर छन् भन्ने मान्यताका आधारमा दिनमा पा“च पटक मस्जिदमा गएर प्रार्थना गर्ने गरिन्छ । यस देशको संविधान र कानुन पनि मूलतः मुस्लिम धर्मको परम्परा एवं विश्वासमै आधारित छन् ।

कृषि तथा उद्योग

उद्योगमा सबैभन्दा महत्वपुर्ण माछा उद्योग हो । यो सरकारको नियन्त्रणमा छ । यो देशको आम्दानीको मूल श्रोत नै माछा हो । माछा मूलरूपमा श्रीलंङ्का र जापानमा निर्यात गरिन्छ । पर्यटनबाट राष्ट्रिय आयको २० प्रतिशत आम्दानी हुन्छ । पानी जहाज सम्बन्धी उद्योगका साथै गेनटापुमा कपडाको दुईवटा ठुला–ठुला फ्याक्ट्रीहरू छन्, तिनमा सर्ट सिलाउने र स्वीटर बुन्ने गरिन्छ । व्यापारको दृष्टिले माले नै यसको प्रमुख केन्द्र हो । घरेलु बजारमा दक्ष तथा अर्ध दक्ष जनशक्तिको अभाव छ । कच्चा पदार्थ र यातायातको समस्या पनि काफी मात्रामा पाईन्छ । विदेशी लगानीलाई उच्च प्राथमिकता दिएर साझेदारीमा काम गर्ने परियोजना आरम्भ भएको छ । कृषि क्षेत्रमा यो मुलुक त्यति अगाडि छैन । मानिसहरू प्रायः आफैले उत्पादन गरेको मल प्रयोग गछर्न । बालि नालीका लागी यहा“ मनसुनमा नै भरपर्नु पर्दछ । यहा“ नरिवल प्रशस्त मात्रामा हुन्छ । मकै, कोदो, फापर, सलगम, का“क्रो र सुठुनि जस्ता खाद्य एवं फलफूलहरू यहा“ हुने गर्दछन् । यहां धानको उत्पादन हुंदैन तर खानका लागि छिमेकी राष्ट्रबाट ल्याइन्छ ।

विविध पक्ष

संसारका अन्य मुलुकसंग जोड्न पानी जहाज भएपनि आफ्नै देशभित्र यातायातको भने अभाव छ । राजधानी मालेमा जम्मा ९.६ किलोमिटर राजमार्ग छ । सञ्चार र सुचनाको क्षेत्रमा भने राजधानी मालेमा टि.भि.का दुई वटा च्यानल छन् । रेडियोको दुईवटा स्टेसन छन् भने एफ.एम.को एउटा स्टेसन छ । अन्तर्राष्ट्रिय एयरपोर्ट एउटा र आन्तरिक एयरपोर्ट चार वटा छन् । यस्तैगरी एउटा समुद्री बन्दरगाह छ । राष्ट्रिय प्रहरी वलमा हाल ८१२२१ सुरक्षाकर्मीहरू सेवारत छन् । माल्दिभ्सको विदाको दिन र कार्यालय समय अरू देशहरूभन्दा भिन्न छ । यहा“ शुत्र्रmबार र शनिबार सरकारी विदा हुन्छ । यहांको कार्यालय समय भनेको विहान ७.३० देखि दिनको २.३० बजेसम्म हो । यो देशको राष्ट्रिय वृक्ष नरिवल हो र राष्ट्रिय फुल गुलाबी गुलाब हो ।

निष्कर्ष

बाहिरिया हस्तक्षेप विरूद्ध लडेर आफ्नो स्वतन्त्र अस्तित्व बचाउन सफल रहेका माल्दिभीयनहरू अहिले आफ्नो मानव अधिकार र प्रजातन्त्रको लडाइमा संगठित अभियान सञ्चालन गर्न थालेका छन् । इस्लाम धर्मलाई भजाएर गयुमले गरेका अप्रजातान्त्रिक र निरंकुश गतिविधि प्रति राष्ट्रिय रूपमा आन्दोलनको ज्वाला दन्किन थालेको छ । मानव अधिकार आयोगका सदस्य, सा“““““सदहरू तथा प्रजातान्त्रिक आन्दोलनका नेताहरूमाथि गरिएको धरपकड, दमन, गिरफ्तारी र यातनाका विरूद्ध राष्ट्रियरूपमा आन्दोलन सुदृढ बन्दै गएको छ । साथै, अन्तराष्र्टि«य समुदायको व्यापक ध्यानाकर्र्षण भएको छ । प्रजातन्त्रको परिभाषालाई संकुचित पार्दै गयुमले प्रजातन्त्रका नाममा लादेको निरंकुशता, सर्वसत्तावाद र एकल नेतृत्वलाई माल्दिभियन जनताले बुझिसकेका छन् । माल्दिभ्सका जनताहरू प्रजातन्त्रको वास्तविक उपयोगको खातिर आन्दोलनमा होमिइसकेका छन् । माल्दिभियन डेमोक्रेटिक पार्टीले सञ्चालन गरेको अहिलेको आन्दोलन र जन समर्थनले जसरी गयुमलाई सुधारका कार्यक्रमको घोषणा गर्न, राष्ट्रमा तलव बढाउन, पार्टीहरू माथिको प्रतिबन्ध हटाउन र आफुले प्रयोग गर्दै आएका अधिकारहरू कटौति गर्न प्रस्ताव राख्न बाध्य बनाएको छ, यो आन्दोलनलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय समुदायले समेत उचित चासो राख्ने हो भने यहा“को प्रजातन्त्र, मानव अधिकार र सही अर्थमा जनताको सार्वभौम सत्ता प्राप्तिको लडाइमा छिटै सफलता प्राप्त हुने कुरामा विश्वास गर्न सकिन्छ ।

– नवयुग, कात्तिक २०६१



See All Article