Bhanu Bhakta Dhakal

Article

– भानुभक्त ढकाल

हाइटी, क्यारिवियन क्षेत्रमा अबस्थित ल्याटिन अमेरिकाको सबैभन्दा गरिब राष्ट्र हो । यो तीनतिर समुद्रले घेरिएको र पूर्वमा ३६० कि.मी.ले डोमिनिकन गणतन्त्रस“ग सिमाना जोडिएको छ । यो अफ्रिका बाहिर रहेर कालाहरूको संस्कृति भएको विश्वको एकमात्र राष्ट्र हो । यहा“ ९५ प्रतिशत काला जाति र ५ प्रतिशत मुलाटोज जातिका मानिसहरू बस्दछन् । मुलाटोजहरू अफ्रिका र युरोपको सम्मिश्रणबाट बनेका र उपल्लो बर्ग र सेता जातिका रूपमा परिचित छन् । १४९२ मा कोलम्बस त्यहा“ पुगेका थिए । १५३० तिर अहिलेको हाइटीको पूर्वी पहाडमा बस्ने अरबक जातिहरू सुन खानीमा काम गर्दथे । कोलम्बसले सुन खानी पत्ता लगाएर अन्य देशका मानिसहरूले त्यहा“को सुन अन्यत्र लैजान थालेपछि यी अरबक जातिलाई फ्रेन्च, बेलायती र डचहरूले विस्थापित गरे । विस्तारै यहा“को सुनचा“दी जहाजमा राखेर स्पेन लैजान थालियो । विश्वसामु परिचित हु“दादेखि १६९७ सम्म यो राष्ट्रलाई स्पेनले उपनिवेश बनाएको थियो । यसपछि फ्रान्सले आफ्नो उपनिवेश बनायो । १९१५ को सेप्टेम्बरदेखि अमेरिकी सेना हाइटीमा गयो र विदेशी ऋण तिरिदिएर आफ्नो उपनिवेश बनायो । यही समयमा यी दुई राष्ट्रबीच २१ वटा विषयमा सन्धि भए जसमा कृषि, सुरक्षा, आर्थिक, राष्ट्रियता, प्रकाशन र दूरसञ्चारलगायतका बिषयमा अमेरिकाको दादागिरी कायम भयो । यो विषयले हाइटीमा विवादको रूप लियो । सम्पन्न वर्गका मानिसहरू अमेरिकी संस्कृति र प्रभावबाट प्रभावित बने । अमेरिकाले यहा“ बाटो, विद्यालय, अस्पतालहरू निर्माण गरिदियो र पहेलो ज्वरोको उल्मूलनका लागि अभियान पनि चलायो । हाइटीमा आºनो सल्लाहकार राख्ने र सुरक्षा गार्डको व्यवस्थालाई संस्थागत ग¥यो । यिनै गार्डहरूको दबाबमा सरकार रहन थाल्यो र सेनाको हैकम कायम हुन थाल्यो । विदेशीहरूले हाइटीमा जग्गा खरिद गर्न र साझेदारीमा काम गर्न पाउने व्यवस्थाले उपल्लो वर्गलाई नै फाइदा भयो । राष्ट्रका उद्योग, कृषि फर्महरूमा विदेशीहरूको प्रत्यक्ष प्रभाव रहन गयो । सत्तामा रहने, नरहनेमात्र होइन कि अमेरिकी योजनामा राष्ट्रपतिलाई बर्खास्ती र निर्वासनमा पठाउने कामसमेत हुन थाल्यो । शब्दमा हाइटीलाई स्वतन्त्र राष्ट्र भने पनि अमेरिकाले आºनोे मातहतको दुई नम्बरी राज्यको जस्तो ब्यवहार गर्दै आएको छ ।

मुक्तियोद्धालाई हत्कडी

१६९७ पछि फ्रान्सले अफ्रिकाबाट हाइटीमा दासहरू लगेर उखु, कफी, कपास र सूर्तीको खेती गरायो । आफ्नो प्रभुत्व यति धेरै विकास ग¥यो कि फ्रान्सका लागि क्यानडा भन्दा पनि हाइटीको उपनिवेश बढी प्रभावशाली सिद्ध भयो । फ्रान्सेलीहरू र मुलाटोज जातिका मानिसहरू आफू सुविधा सम्पन्न र बिलासी जीवन बिताउ“थे र दासहरूलाई अति नै दुःख र कष्टपूर्ण जीवन बिताउन बाध्य बनाउ“थे । यसले गर्दा दासहरूमा विद्रोहको भावना जगायो । सन् १७९१ मा दासहरूले संगठितरूपमा विद्रोहको झण्डा उठाए । उनीहरूले आफूले काम गर्ने गरेका खेतबारी, लगाएका बालीनाली र सिंगो शहरलाई नै नष्ट गरिदिए । टुसेन लैनचर्ड नामका दासले यो आन्दोलनको नेतृत्व गरेका थिए । कामदारहरूले आन्दोलनबाट सरकार कब्जा गरी राज्यसमेत सञ्चालन गरे । यो सरकारलाई असफल बनाउन नेपोलियन प्रथमले षडयन्त्रपूर्ण ढंगले सेना पठाई दास नेतालाई गिरफ्तार गरी हत्कडी लगाएर फ्रान्समा पठाए । केही समयपछि उनले त्यही“ शहादत प्राप्त गरे । फ्रान्सेली साम्राज्य पुनः कायम भयो ।

यो विद्रोह त्र्रmमशः चलि नै रह्यो । दमनले तत्काल पराजित जस्तो देखिए पनि स्वतन्त्रताको आन्दोलनका लागि यो एउटा कोशेढुङ्गा नै सावित भयो । १८०४ मा विद्रोही नेता जनरल जिन ज्याक डिसेल्याण्डले आन्दोलनलाई निरन्तरता दिंदै फ्रान्सेली उपनिवेशबाट राष्ट्रलाई मुक्त गराए र देशको नाम हाइटी राखे । यी राष्ट्रका पहिलो नेता एवं राष्ट्रिय स्वतन्त्रताका सेनानीको राष्ट्रमुक्त भएको २ वर्षपछाडि षडयन्त्रपूर्वक हत्या गरियो । नेताको हत्यापछि शक्तिको होडमा राज्य फेरि दुई भागमा विभाजित भयो । १८२२ मा जिन पेरेवोयरले देशको पश्चिमी क्षेत्रवाट समेत स्पेनको उपनिवेश अन्त्य गरी विभाजित राज्यलाई एकीकृत र पूर्ण स्वतन्त्र बनाए । यसरी दासहरूको आन्दोलनले हाइटीको जन्ममात्र गराएन कि ७० वर्षसम्म स्वतन्त्र शासन गर्ने आधार पनि खडा भयो । दासहरूको रगत र पसिनाले सिञ्चित हाइटी सा“च्चै आजादीपूर्ण राष्ट्रका रूपमा रूपान्तरण भएको थियो ।

राजनीतिमा सेनाको उपस्थिति अस्थिरतामात्र

सैनिक बलको माध्यमबाट सरकारलाई अपदस्थ गर्ने र सत्ता लिने क्रम १९२२ देखि आरभ्भ भयो । यो क्रमले हालसम्म पनि निरन्तरता पाएको छ । सेनाको हस्तक्षेपबाट उत्पन्न अस्थिरता र सत्ता परिवर्तनबाट दिक्क भएका जनताको भावनालाई बुझेर १९५७ मा निकोलस दुभालियर राष्ट्रपति बने । सुरूमा विमति भए पनि १९६२ मा सन्धि नवीकरण गरी दुभायिलरले अमेरिकाको इसारामा सरकार चलाए । सेना प्रमुखलाई उनले बर्खास्त गरे र आफ्नो विश्वासिलो ब्यक्तिलाई सेना प्रमुख बनाए । राष्ट्रपतिको सुरक्षाका लागि छुट्टै सुरक्षा व्यवस्था ग¥यो । जसलाई टोन टोन माउकुट भनिन्छ । तिनीहरू सेनाभन्दा पनि बढी अधिकार सम्पन्न थिए । राष्ट्रपतिको सुरक्षा गर्नु, राज्यमा आतङ्क मच्चाउनु, अनियमितरूपमा आयआर्जन गर्नु तिनीहरूको दैनिकी जस्तै थियो । राजनीतिक अपराधिकरण, भ्रष्टाचार, नातावादको विकास चरमचुलीमा पुगेको थियो । यस्तै परिवेशमा दुभालियरले आफूलाई १९६४ मा आजीवन राष्ट्रपति घोषणा गरे । १९७१ मा उनको मृत्युपछि १९ वर्षको उमेरमा उनको छोरा जेनक्यु दुभालियर पिताको उतराधिकारीको रूपमा राष्ट्रपति बने । उनकी आमाले उनको नायवीमा शासन चलाइन् ।

१९८६ मा दुभालियरको २८ वर्षे शासन अमेरिकाको विरोध तथा असहयोगका कारण समाप्त भयो । तत्कालीन सेना प्रमुखले सरकार आºनो हातमा लिए । १९८८ को निर्वाचनमा चुनिएका राष्ट्रपतिलाई छोटै समयमा सेनाले अपदस्थ ग¥यो । १९९० मा पुनः अर्काे सैनिक शासक बनेर सत्ता चलाउन आइपुग्यो । १९९० देखि जानवटान अरिस्ट्राइड त्यहा“को निर्वाचनमा राष्ट्रपति भए पनि अधिकार भने सेनाको हातमा नै रह्यो । वैधानिक सरकारको स्थापनाको लागि संयुक्त राष्ट्रसंघको दबाब, आर्थिक नाकाबन्दीका कारण सेना अलि खुकुलो जस्तो देखिए पनि सेनाले सत्ताबाट आºनो हात झिकेको छैन । अवसर पाउने वित्तिकै सक्नेले कू गर्ने परम्परा टुटेको छैन । बरू यो अमेरिकी निर्देशनमा हाइटीको राजनीतिक स“स्कृति नै बनेर हुर्किरहेको छ । १९८६ मा सेनासहितको अमेरिकी जेट हाइटीमा अवतरण गरेपछि दुभालियरको शासन समाप्त भएको थियो भने अहिले अमेरिकी सेना तैनाथ गरेर अरिस्ट्राइडको सत्ता अपहरणमा परेको छ । उनी अहिले प्रवासमा जीवन बिताउन बाध्य छन् । सत्तामा बसिरहने हाइटीको योग्यता भनेको सेनामा उसको पकड कति छ र उप्रति अमेरिकाको कस्तो नीति छ भन्ने नै यसको मूल पक्ष हो । यसर्थ भन्न सकिन्छ कि, सेनाको उपस्थितिले जनताका अधिकारहरू कटौति भएका छन् । हत्या, हिंसा, अपहरण, गिरप्तारी उल्लेख्यरूपमा बढेका छन् । आºनो राष्ट्रको करिव ५ हजार सेनालाई अमेरिकाबाट सहयोगका नाममा आएका १५००० सेनाले दिने निर्देशन नै हाइटीको राजनीतिक भविष्यको मार्गदर्शन भइरहेको छ ।

नेपाल र हाइटीबीचका यी समानताहरू

दुबै देशमा दुई तिहाई जमीन पहाडी क्षेत्रमा पर्दछ । हाम्रो उत्तरी क्षेत्रको हिमाल जस्तै हाइटीको दक्षिणी क्षेत्रमा ठूलो लेक पर्दछ । दुबै देशमा थुपै्र नदीनालाहरू छन् । कृषिमा निर्भर रहने जनसंख्याको करिब ८० प्रतिशत मानिसहरू गरिबीको रेखामुनि जीवन बिताउन बाध्य छन् । राजनीतिमा विदेशी प्रभाव दुवै देशमा पर्ने गरेको छ । फरक यतिमात्र छ कि हाइटीमा अमेरिकी सेनाको प्रत्यक्ष उपस्थिति र ठाडो निर्देशन लागू हुन्छ तर हाम्रो देशमा परोक्षरूपले प्रभाव पारेको छ । हाइटीमा अधिनायकवादका कारण तीस हजार मानिसहरूको हत्या भएको छ र करीब पा“चलाख मानिसहरू विस्थापित भएका छन् । नेपालमा पनि दुई सैनिक अतिवादका कारण करीब तेह्र हजार व्यक्तिहरूको ज्यान गइसकेको छ । र, पा“च लाख जति नै मानिसहरू विस्थापित भएका छन् ।

हाइटीमा नाममात्रको प्रजातन्त्र छ, व्यवहारमा राजतन्त्र जस्तै । बेलाबेला निर्वाचनको नाटक मञ्चन गरिन्छ तर सरकारमा जो आए पनि सत्ता वास्तविक रूपमा अमेरिकाको इशारामा सेनाले नै चलाउ“छ । हाम्रो देशमा पनि संसदविहीन स्थिति निर्माण गरी धारा १२७ को सरकार छ । सरकार बनाउनेहरूको योजनाअनुरूप सरकारका काम–कारबाहीहरू हुने गरेको पाइन्छ । दुवै देशका सरकारहरू आफूले नै सत्ता चलाएको अभिनय गर्दछन् तर बे्रक, गेयर अरूकै हातमा छ । नेता, पत्रकार, मानवअधिकारवादी तथा नागरिकहरूलाई गिरफ्तार गर्नु, बेपत्ता पार्नु, यातना दिनु, विनापूर्जी थुन्नु र अदालतले समेत सरकारका गलत कामकोे पक्षपोषण गर्नु, दुवै देशमा हुने समान प्रकृतिका घटना हुन् । दुभालियरको समयमा राष्ट्रपति र उसको परिवारको बारेमा आलोचना गर्न पाइ“दैनथ्यो । पत्रिकामा छाप्नुपूर्व ७२ घण्टाअघि स्वीकृति लिनुपर्ने प्रावधान थियो भने यहा“ पनि राजपरिवारसम्बन्धी करिब त्यस्तै प्रावधान हो । हाइटीमा राष्ट्रपतिले विधायिकी सभामा केही मानिसहरूको नियुक्ति गर्दछन् भने यहा“ राजाले राष्टियसभामा केही सदस्यहरू मनोनित गर्दछन् । राजनीतिक क्षेत्रमा महिलाहरूको भूमिका दुवै देशमा सामान्य नै छ । हाइटीका तानाशाह दुभालियरकी श्रीमती सिमोनले हाम्रो देशको राजेन्द्रलक्ष्मी जस्तै छोराको नायवी लिएर १९७१ देखि आफैंले राष्ट्रपतिको काम सम्हालेकी थिइन् । राज्य सञ्चालनको बागडोर समाल्ने महिला नेतृ यो देशको इतिहासमा सायद यिनीमात्र हुन् ।

दुवै राष्ट्रहरू गरिब छन् । दुबै देशका शासकहरू भने धनी छन् । राष्ट्र दिनानुदिन ओरालो लाग्दैछ । थोरै व्यक्तिहरू, जो सत्ता र सरकारको वरिपरि छन्, तिनीहरू क्रमशः उकालो चढी नै रहेका छन् । सत्तामा बस्ने मानिसहरूको आयश्रोत छैन तर पानीको मुल फूटेझंै सम्पत्ति निरन्तर बढिरहेको छ । सम्पन्न हाइटीबासीहरू आफ्ना छोराछोरीलाई फ्रेन्च भाषा पढाउन विदेश पठाउ“छन् । हाम्रो देशमा आफूलाई शासक भन्ने र शासनको रङले पोतिएकाहरू आºनो प्रतिष्ठा बचाउनका लागि पनि विदेशमा सन्तान पढाउन बाध्य छन् । त्यहा“का उपल्लो जाति एव“ सम्पन्न भन्न रूचाउनेहरूको जीवनशैली विलासीपूर्ण छ । छोरा दुभालियरको विवाहमा ३ करोड अमेरिकी डलर खर्च भएको थियो । यतिसम्म कि आफ्नो भवनको सजावटका लागि उनीहरू फ्रान्सेली कला र फर्निचरको प्रयोग गर्दछन् । हाम्रा पनि उच्च घरानियाहरूको संस्कृति यस्तै छ ।

चार बर्षको अन्तरालमा चलेको आन्दोलनले दुबै देशमा ऐतिहासिक परिवर्तन ल्यायो । हाइटीमा २८ बर्षे तानाशाहको अन्त्य भयो भने नेपालमा ३० बर्षे निरंकुश निर्दलीय पञ्चायतको उन्मूलन भयो । फरक यति भयो कि हाइटीमा बनेको पहिलो संविधान १९८७ लागू हुने क्रमदेखि नै अस्थिरता सुरू भयो । नया“ संविधान चार वर्षको उमेरमा नै प्रतिबन्धित गरी सेनाले आºनो पकड बढाउ“दै सरकार छिटोछिटो परिवर्तन ग¥यो भने नेपालमा १९९० मा बनेको संविधान लागू भएको १३ वर्षपछि मृतप्रायः भएको छ । जनआन्दोलनको सम्झौता उल्लंघन गर्दै अस्थिरता उत्पन्न गराइएको छ । सेना रिझाउनेहरू त्यहा“ सरकारमा हुन्छन् भने धारा १२७ बाट विश्वास जित्नेहरू यहा“ सरकारमा हुन्छन् ।

हाइटीबाट लिनुपर्ने शिक्षा

असंवैधानिक एवं गैरकानुनी सरकार राज्यमा रहनाले यसले अराजकता उत्पन्न गर्दछ । अदृश्य शक्ति केन्द्रहरू बलिया ह“ुदै जान्छन् । जनताको प्रजातान्त्रिक अधिकार कटौति ह“ुदै जान्छ । सत्तामा ट“ासिने र सत्ताको निकटमा रहेर अपारदर्शी आयआर्जनमा मानिसहरू फस्दै जान्छन् । यस्ता क्रियाकलापले निरंकुशतालाई संगठित हुने र फैलने उचित अवसर मिल्छ । राजनीतिक पार्टीहरूमा निष्ठा एवं आदर्शको राजनीति कमजोर हु“दै प्रकारान्तरमा राजनीतिले निरंकुशताकै उपस्थितिलाई निम्त्याउ“छ । जसले राज्यलाई परनिर्भर र कमजोर बनाउ“छ भन्ने कुरा हाइटीको उदाहरणबाट प्रष्ट हुन्छ ।

राज्य आर्थिक रूपले कमजोर बन्दै गएपछि विदेशी दातृसंस्था एवं अन्तराष्ट्र्रिय शक्तिकेन्द्रको इशारामा राज्य चल्न बाध्य हुन्छ । हाइटीको ऋण तिरिदिएर अमेरिकाले आफ्नो उपनिवेश बनाएको तथा सेना तैनाथ गरेर कठपुतली सरकार मार्फत् आफ्नो हुकुमी शासन चलाएबाट यो कुरा सजिलै बुझ्न सकिन्छ । मुलुकमा आम जनताको शोषण गर्न सत्ताको दुरूपयोग गर्ने, शक्तिको सेवामा समर्पित भएर आफ्नो विलासिताको लागि देश कंगाल बनाउने दुष्टहरूबाट समयमा नै सचेत हुनुपर्ने शिक्षा पनि हाइटीले दिएको छ । ३ करोड खर्च गरेर छोरा दुभालियरको विवाह गरेको र उनको रूखो व्यवहार, सत्ताको नाजायज उपयोग, दुबालियर शासन ढल्नमा सहयोगी बनेबाट सत्ताको तडकभडक बढी भयो भने पनि क्षति नै पु¥याउ“छ भन्ने शिक्षा चेतना हुनेका लागि काफी छ ।

अरिस्ट्राइडकी श्रीमती अमरिकन नागरिक भएकाले पनि हुनसक्छ कि पटक–पटक १४ बर्ष, सेनाद्वारा अपदस्थ भएपछि पनि उनी सत्तामा रहन पाएका थिए । अन्ततः उनी जसरी निर्वासित हुन बाध्य भए त्यसबाट जनता साथमा भएनन् भने उच्च घराना र शक्ति सम्पन्नहरूस“गको नाताले मात्र सत्ता त के देशमा नै बस्न पाइ“दोरहेनछ भन्ने शिक्षा पनि हाइटीले सबैका सामु छर्लङ्ग पारेको छ । जनताका विरोधीहरू सत्तामा रह“दासम्म जनताको उन्नति र प्रगतिको मार्गप्रशस्त ह“ुदैन । उनीहरू आफ्नै स्वार्थका लागि अन्तिम दमसम्म लडिरहन्छन् । त्यस्तै विदेशी शक्तिको भरमा सत्तामा रहन चाहने शासकहरू पनि सत्ताका अस्थायी पाहुनामात्र हुन् । जसलाई उसको औचित्य समाप्त भएपछि उसको मालिकले कहिल्यै पनि कठैवरा भन्दैन । २८ वर्ष शासन गरेको दुभालियरले अन्तिम अवस्थामा हाइटीमा रहन गरेको अनुनय– विनयको कुनै सुनुवाइ भएन । त्यस्तै अरिस्ट्राइड राष्ट्रपति भएपछि अमेरिकाले आफ्नो स्वार्थ रहुन्जेल उनलाई सत्तामा राख्न दबाब दियो, अनुदान रोक्का ग¥यो, संयुक्त राष्ट्रसंघलाई उपयोग ग¥यो, जब उसको प्रयोजन सकियो यसपछि उसलाई पनि षडयन्त्रमूलक ढंगले राजीनामा गर्न बाध्य ग¥यो । अमेरिकाको आºनो जेटमा राखी मध्य अफ्रिकामा र त्यसपछि जमैकामा पठाइयो । अहिले उसले राज्य नफिर्ने अनुरोध गर्दा अमेरिकाले हाइटीबाट १५० माइल टाढै रहुनुपर्छ भनेबाट यो बुझ्नुपर्दछ कि शक्तिकेन्द्रको दलाललाई कुनै दिन उसको मालिकले लात्ता हान्दा कठैवरा भन्ने व्यक्ति पाइ“दैनन् ।

– नवयुग, माघ २०६१



See All Article