Bhanu Bhakta Dhakal

Article

– भानुभक्त ढकाल

ल्याटिन अमेरिकाको स्वीट्जरल्याण्ड भनेर चिनिने उरूग्वे एट्लान्टिक महासागर, ब्राजिल र अर्जेन्टिनाको बीचमा पर्दछ । १,७६,२२० वर्ग कि.मी.क्षेत्रफल ओगटेको यो देशमा ३३,३४,०७४ जनता बसोबास गर्दछन् । मोन्टेभिडो यसको राजधानी हो । राष्ट्रिय भाषा स्पेनिस हो । यहा“ क्रिश्चीयन धर्मको बाहुल्यता छ । रोमन क्याथोलिक मान्नेहरू मात्रै ६६% छन् ।

सबैभन्दा पहिले अमेरिकन इण्डियनहरू बसोबास गरेको उरूग्वेमा १६०० देखि १७०० सम्म स्पेनिसहरू, १८०० देखि १९०० सम्म इटालियनहरूको बसोबास थियो । १७०० मा स्पेन र पोर्चुगलले यसलाई उपनिवेश बनाए भने बाज्रिलको दबदबा पनि कायमै थियो । १८२८ को २५ अगष्टका दिन उरूग्वेले स्वतन्त्रता प्राप्त ग¥यो । त्यहा“ आजसम्म यही दिनलाई राष्ट्रिय दिवसको रूपमा मानिन्छ । यहा“ १८३० मा पहिलो संविधान बन्यो । यो देशका दुई प्रमुख पार्टीहरूमा क्लोराडोलाई ब्राजिलले र व्याङ्कोलाई पारागुएले सर्मथन गरेका थिए । उरूग्वे, वाज्रिल र अर्जेन्टीनाको मोर्चाले १८७० मा पारागुएलाई हराएपछि क्लोराडो पार्टीको एकछत्र शासन चलेको पाइन्छ । उरूग्वेले सर्वप्रथम १९४२ मा जर्मनी, इटाली र जापानस“ग कुटनैतिक सम्बन्ध कायम ग¥यो । १९४५ मा संयुक्त राष्ट्रसंघको सदस्य वन्यो।

१९७० मा सरकार विरोधी टुपाकअमारूले स्वदेशी तथा विदेशी नागरिकहरूको अपहरण र हत्या गर्ने जस्ता ज्यादतीपूर्ण कार्य ग¥यो । यसबाट राष्ट्रपतिले १९७२ मा युद्धको घोषणा गरे । त्यसको केही महिनापछि १९७३ मा नै सैनिकहरूले सरकार कब्जा गरी १२ वर्षसम्म शासन चलाए । यो अवधिमा देशको संविधान निलम्बन गरियो, व्यवस्था खारेज गरियो र पार्टीहरूमाथि प्रतिवन्ध लगाइयो । १९८५ मा सैनिक शासनको अन्त्य भयो । अहिले विभिन्न पार्टीहरूको मोर्चाको नेतृत्व गर्दै वामपन्थी नेता तबारे भाज्क्वेज राष्ट्रपति बनेका छन् ।

१५१६ मा उरूग्वेमा सवैभन्दा पहिलो पाइला टेक्ने सेता व्यक्ति स्पेनिस नागरिक नेभिगेटर जुन डिथक्स डे सोलीस थिए । चारसय अठासी वर्षपछि आज यहा“ ८८% सेता, ८% मेस्टीजा र ४ % कालाहरू बसोवास गर्दछन् । १५ वर्षमाथिका सवैले पढ्न लेख्न जान्दछन् । यहा“ ९६% जनता साक्षर छन् । गाउ“मा प्रा.वि., शहरमा मा.वि. र राजधानी मोन्टेभिडोमा राष्ट्रकै एकमात्र विश्वविद्यालय छ । सरकारी विद्यालय एवं क्याम्पसहरूमा शिक्षा निशुल्क गरिएको छ । यह“ाको मुद्रालाई पेशो भनिन्छ । १ डलरको ५.६ पेशो मानिन्छ । देशमा कूल १.३५५ मिलियन श्रमशक्ति छ । जसमध्ये सरकारी रोजगारीमा २५%, कच्चापदार्थ प्रशोधनमा १९%, कृषिमा ११%, व्यापारमा १२% र अन्यमा २१% जनशक्ति कृयाशील छ । उरूग्वेमा जनसंख्या बृद्धिदर ०.७४% छ । जन्मदर १७.५७ एकहजारमा छ भने मृत्युदर ९.२७ एक हजारमा छ । यहा“को औसत आयु ७४.६ वर्ष छ । पुरूषतर्फ ७१.२४ वर्ष र महिलातर्फ ७७.८८ वर्ष छ ।

८५% मानिसहरू शहरमा बसोबास गर्दछन् । यसमध्ये ४०% मानिसहरू राजधानी मोन्टेभिडोमा बस्दछन् । प्रायः सवै क्षेत्रमा मध्यम वर्गको वर्चश्व छ । एकल परिवार नै यहा“ प्रचलनमा छ । कृषिमा हुनेखाने परिवारले आधुनिक मेसिनहरूको प्रयोग गर्दछन् भने हु“दा खानेहरूले हाम्रो देशमा जस्तै हलो जोत्ने गर्दछन् । उरूग्वेको सबैभन्दा ठूलो नदी निग्रो हो । यो ब्राजिलको सीमानामा पर्दछ । निग्रोबाट नै राष्ट्रले सबै बिजुली उत्पादन तथा आपूर्ति गर्दछ । बाटो सवैतिर पुगेको छ । रेलवे प्रणालीलाई सरकारले व्यवस्थित गरेको छ । समुद्री बन्दरगाह राजधानीमा नै छ । यहा“ प्रत्येक घरमा एउटा रेडियो र प्रत्येक ४ जनामा एउटा टेलिभिजन छ । यहा“को लोकप्रिय खेल पिङ्ग हो । बास्केट वल र फुटवल पनि उत्कृष्ट रूचि राख्ने खेलमा नै पर्दछन् । यहा“को सबैभन्दा होचो स्थल समुद्री सतह हो भने सबै भन्दा अग्लो स्थानलाई मिसडोर न्यासीनल भनिन्छ । राजधानीमा कम तापक्रम ७ जुलाईमा ११ डिग्री र बढी तापक्रम जनवरीमा २३ डिग्री हुन्छ ।

फुटवलमा पहिलो विश्वविजेता राष्ट्र

संसारभर सर्वाधिक लोकप्रिय खेल फूटबलको पहिलो विश्वकप प्रतियोगिता यसै देशमा सम्पन्न भएको थियो । उरूग्वेले स्वतन्त्रता प्राप्त गरेको १०० वर्षको अवसरमा १९२८ मा निर्णय भई १८ जुलाई १९३० मा सर्वप्रथम मोन्टेभिडो यो खेलको आयोजना भएको थियो । १६ राष्ट्रहरूले भाग लिएको सो खेलमा उरूग्वेले प्रथमस्थान प्राप्त गरी फुटवलमा विश्व विजेताको इतिहासमा आफ्नो पहिलो नाम लेख्न सफल बन्यो । यसका साथै १९५० को चौथो विश्वकप पनि उरूग्वेले नै जितेको थियो । ल्याटिन अमेरिकी राज्यहरू फुटवलका दिग्विजयी नै हुन् । ल्याटिन अमेरिकी राज्यहरू ब्राजिल, अर्जेन्टिना, पारागुए, उरूग्वे आदि देशहरूले फूटबलमा विश्व कीर्तिमान कायम गर्दै आएका छन् । यो राष्ट्रपतीय गणतन्त्रात्मक राष्ट्र हो । राज्य तथा सरकार प्रमुख राष्ट्रपति नै हुन्छन् ।

मन्त्रिपरिषद्को नियुिक्त राष्ट्रपति आफैंले गर्दछन् । यसको अनुमोदन भने संसदले गर्दछ । राष्ट्रपति एवं संसदको अवधि ५ वर्षको हुन्छ । राष्ट्रपति र उपराष्ट्रपति एउटै टिकटबाट चुनाव लड्दछन् । आफ्नो ५ वर्षे कार्यकालपछि ऊ पुनः राष्ट्रपतिमा उठ्न पाउ“दैन । यहा“को व्यवस्थापिकालाई साधारणसभा भनिन्छ । यसमा ३० सदस्यीय सिनेट र ९९ सदस्यीय संसद क्रियाशील छ । १८ वर्ष पुगेका नागरिकहरूको मतदानबाट संसद सदस्य निर्वाचित हुन्छन् । उरूग्वेमा समानुपातिक प्रतिनिधित्वको प्रणालीका आधारमा निर्वाचन गरिन्छ । राज्य सञ्चालनका लागि प्रशासनिक दृष्टिले उरूग्वेलाई १९ वटा विभागमा विभाजन गरिएको छ । यी विभागहरू त्यहा“का स्थानीय सरकार हुन् । मतदानको आधारमा त्यहा“ गभर्नर र व्यवस्थापिकाको चयन गरिन्छ । यो देशमा सर्वाेच्च, पुनरावेदन, मातहत तथा शान्तिको लागि न्यायिक अदालतहरू क्रियाशील छन् । सर्वोच्च अदालतमा ५ जना न्यायाधीसहरूलाई १० वर्षको अवधिका लागि संसदको साधारणसभाले नियुक्त गर्दछ ।

स्वतन्त्रतापछि मूलतः यहा“ क्लोराडो र व्याङ्को पार्टीको राजनीतिमा तीव्र प्रतिस्पर्धा भएको पाइन्छ । शहरी क्षेत्रका जनतामा क्लोराडो पार्टी र ग्रामीण इलाकामा व्याङ्को पार्टीको प्रभाव बढी छ । १९०३ मा राष्ट्रपति जोस वेल्ट ओडोनेजले निशुल्क शिक्षा, गरिबलाई निशुल्क उपचार, न्यूनतम ज्याला, कामदारका अधिकारको संरक्षण, राष्ट्र बैंक, रेलवे व्यवस्था, सामाजिक न्याय, प्रजातन्त्रको सिद्धान्तप्रति दृढ रह“दै आर्थिक विकासजस्ता कार्य क्लोराडो पार्टीका तर्फबाट गरे । १९५१ मा यी दुई प्रमुख पार्टीहरूले संविधान संशोधन गरी सत्ता साझेदारी समेत गरे । सेनाले सत्ता नियन्त्रणमा लिंदा र सत्ता हस्तान्तरणपछि पनि क्लोराडो पार्टी नै सत्तामा थियो । १९८९ मा जितेको व्याङ्को पार्टीको निजीकरण नीतिको विरोध भएपछि १९९२ को मध्यावधि निर्वाचनमा यो पार्टीको सरकार असफल भयो । स्वतन्त्रतापछिका १७९ वर्षमा यी दुई पार्टी मात्र सरकार र विपक्षीको रूपमा रहेको पाइन्छ । अरू पार्टीहरू अस्तित्वमा थिए तर राष्ट्रिय राजनीतिको केन्द्रभागमा कहिल्यै आउन सकेका थिएनन् ।

कम्युनिष्ट पार्टीको झण्डा फहरायो

३१ अक्टोवर २००४ मा उरूग्वेमा वामपन्थी नेता तवारे भाज्क्वेज राष्ट्रपति निर्वाचित भए । वामपन्थी नेता तवारेले खसेको मतको ५०.७% मत ल्याएका थिए । १४ पार्टीहरूको संयुक्त मोर्चाले संसदमा ५३ स्थान र सिनेटमा १७ स्थान प्राप्त गरी संसदका दुवै निकायमा बहुमत हासिल ग¥यो । स्वतन्त्रतापछिको १७९ वर्षसम्म सत्ताको वागडोरमा एकछत्ररूपमा पकड राखेको क्लोराडो पार्टीले संसदमा केवल १० स्थान र सिनेटमा ३ स्थानमा चित्त बुझाउनुप¥यो । अधिकांश समय विपक्षी हैसियतमा रहेको र बेला–बेला सत्ताको नेतृत्व गरेको व्याङ्को पार्टीले संसदमा ३४ र सिनेटमा १० स्थान ल्याई प्रमुख विपक्षीको स्थानमा कायमै रह्यो । उरूग्वेको इतिहासमा नै पहिलो तथा स्वतन्त्रतापछिको प्रमुख दुई पार्टीको प्रतिस्पर्धालाई उछिन्दै जनताको अभिमतवाट वामपन्थीको नेतृत्वमा सरकारमा बनेको छ । समाजवादी आन्दोलनमा लागेको धक्काको चोटमा मल्हम लगाउ“दै ल्याटिन अमेरिकामा वामपन्थीको झण्डा फहराएको छ । यो अभियानमा बामपन्थी सरकार बनेका ब्राजिल र मध्य–वाम सरकार रहेको अर्जेन्टिनाको भूमिका समेत सकारात्मक रहेको छ ।

निर्वाचनको परिणामपछि भेनिजुयलाका एक नेताले भनेका छन् “यो विजय उरूग्वेका लागि एक पाइला अगाडि हो भने ल्याटिन अमेरिकाका लागि दुई पाइला अगाडि हो“ । विजयको खुसियालीमा राता, सेता र निला झण्डाहरू फहराइए । ऐतिहासिक विजययात्राका नायक निर्वाचित राष्ट्रपति तवारे भाज्क्वेजले मोर्चाका सहयोद्धा, आफ्ना पूर्व गुरिल्ला एवं राजधानी मोन्टेभिडोको अपार जनसमुदायबीच हर्षाशु झार्दै र खुसियाली बा“ड्दै भनेका छन्–“हामी आपसमा बन्धुत्वपूर्ण हात मिलाउ“दै अगाडि बढ्नेछौं, किनकि, उरूग्वेको भविष्य बन्नु हामी सवैको भविष्य बन्नु हो” । ल्याटिन अमेरिकी मुलुकहरूमा भेनेजुयला १९९८ मा, चिली २००० मा, इक्वेडरमा २००२ मा, ब्राजिल २००२ मा, अर्जेन्टिना २००३ र उरूग्वे २००४ मा एकपछि अर्को गर्दै वामपन्थीको नेतृत्वमा सरकार बन्ने क्रम जारी छ । विश्व साम्राज्यको एकछत्र हैकमवादी सैन्य उन्मादीले मातिएको अमेरिकाको नाकैमुनी वामपन्थीहरूको सरकार बनेर कम्युनिष्ट पार्टीको झण्डा फहराइरहेको छ । विश्व सामाजवादी आन्दोलनमा लागेका धक्काहरू छिचोल्दै, जनताको अभिमत लिएर ल्याटिन अमेरिकी उर्वर भूमिबाट आशाका पीपिराहरू हुर्कदै छन्, उठदै्छन् र बढ्दैछन् ।सहभागितामूलक प्रजातन्त्रको परिभाषा विश्वसामु दिने प्रयत्नमा जुट्दैछन् ।

नेपाल र उरूग्वेबीच उस्तै लाग्ने यी घटनाहरू

यी दुवै देशमा लामो समयदेखि कामदार वर्गको हकहित र अधिकारका लागी कम्युनिष्ट पार्र्टीहरू क्रियाशील छन् । दुवै देशमा मूलधारका वामपन्थी पार्टीहरू सरकार तथा सरकारका संयन्त्रलाई समेत प्रयोग गर्दै जनताको विश्वास आर्जन गर्न सकिन्छ भन्ने दृष्टिकोणमा समानता राख्दछन् । नेपालमा १०४ वर्षसम्म राणाहरूले निरंकुश शासन चलाए भने उरूग्वेमा १०२ वर्ष स्पेनले सत्ता सञ्चालन ग¥यो । १९८० मा उरूग्वेको सैनिक शासनले जनमत संग्रहको नाममा नया“ सविधानलाई अस्वीकार ग¥यो । नेपालमा पनि सोही समयमा निरंकुश व्यवस्थाको आयु लम्ब्याउन जनमत संग्रहको नाटक गरी पञ्चायतले जितेको घोषणा गरिएको थियो । दुवै देशमा बहुदललाई प्रतिबन्ध लगाएर निरंकुश शासन लाद्ने काम पनि शासकहरूले एकै वर्षमा गरेका थिए ।

सरकारको असफलता, गिर्दो आर्थिक अवस्थाका कारण उरूग्वेमा टुपाकअमारू छापामारहरूको जन्म भयो । १९७२ मा यी छापामारहरूले देशी, विदेशी नागरिकहरूको अपहरण गर्ने, हत्या गर्ने काम गरेपछि त्यही बहानामा सेनाले सत्ता आफ्नो हातमा लियो, संविधानलाई निलम्बन ग¥यो, व्यवस्था खारेज गरियो । यतिले मात्र नपुगेर १९७६ मा सेनाले आफैं राष्ट्रपतिको नियुक्ति ग¥यो । नेपालमा पनि माओवादीद्वारा संचालित हत्या, हिंसालाई आधार बनाएर, स“वैधानिक राजाबाट असंवैधानिक तवरले संसदविहीनताको मौका छोपी, निर्वाचित सरकारलार्ई अपदस्थ गरेर, जनताको सार्वभौमसत्ता र राजकीय सत्ता हरण गर्ने जस्ता प्रतिगमनकारी काम गरियो । राजाबाट प्रधानमन्त्री नियुक्ति गर्ने र बर्खास्त गर्ने काम भए । उग्र क्रान्तिकारिताका नाममा भएका गतिविधिले दुवै देशमा उग्रदक्षिणपन्थी शक्तिलाई सहयोग पुगेको स्पष्ट देख्न सकिन्छ ।

निर्वाचनको माध्यमबाट नेपालको इतिहासमा पहिलो पटक नेकपा (एमाले)ले अल्पमतको सरकार बनायो । विभिन्न समयमा संयुक्त सरकारमा सहभागी भएको छ । उरूग्वेको इतिहासमा पनि पहिलो पटक विभिन्न पार्टीहरूको मोर्चाको नेतृत्व गर्दै वामपन्थीहरूको सरकार बनेको छ । देशमा विद्यमान सामाजिक संकटको समाधानका लागि आफ्ना प्रस्तावसहित त्यहा“का वामपन्थीहरू क्रियाशील छन् भने शान्ति र अग्रगमनका लागि ठोस प्रस्तावसहित नेकपा (एमाले) यहा“ क्रियाशील छन् । सामन्तवादी प्रजातन्त्रको संस्कारलाई रूपान्तरण गरी राजनीतिक संस्कृतिमा परिवर्तन गर्नसक्नु उरूग्वेको भविष्यस“ग गा“सिएको छ । हाम्रो लागि पनि यो चुनौतीकै विषय बनेको छ ।

– नवयुग, पुस २०६१



See All Article