Bhanu Bhakta Dhakal

Article

– भानुभक्त ढकाल

शान्तिपूर्ण जनक्रान्तिको स्वरूप ग्रहण गरेको ऐतिहासिक जनआन्दोलन २०६३ मा व्यक्त जनभावनाअनुरूप राजतन्त्रको उन्मूलन, लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधानसभाको निर्वाचन, राज्यको पुनःसंरचना र समावेशी लोकतन्त्रका लागि जनचेतना अभिवृद्धि गर्न, सामाजिक रूपान्तरणका लागि सिङ्गो पङ्क्तिलाई सङ्गठित रूपले परिचालन गरी आमजनताको संलग्नतामा राजनीतिक जागरण ल्याउन केन्द्रीय कमिटीको १२ औ“ बैठकबाट लोकतान्त्रिक गणतन्त्रका लागि जनअभियान सञ्चालन गर्ने निर्णय गरी अहिले अभियानमा जुटेको छ ।

(१) अभियानको संयन्त्र र उत्प्रेरकको व्यवस्था

पार्टी केन्द्रीय कमिटीले लोकतान्त्रिक गणतन्त्रका लागि जनअभियानलाई व्यवस्थित गर्न पार्टी स्थायी कमिटीका सदस्य वामदेव गौतमको संयोजकत्वमा कमिटी निर्माण गरेको छ । अञ्चल इन्चार्जहरू सम्बन्धित अञ्चलको प्रमुख उत्पे्ररक रहने गरी १ सय ३६ जना केन्द्रीय उत्पे्ररकको व्यवस्था गरी भदौ २० देखि पुस २० सम्मको तीनमहिने अभियान विभिन्न कार्यक्रमसहित सम्पन्न गर्न अहिले पार्टी कमिटीहरू एवम् पार्टीका सम्पूर्ण सदस्यहरू यस अभियानमा जुटेका छन् । जनसङ्गठन, पेसागत सङ्गठन एवम् लोकतान्त्रिक गणतन्त्रका पक्षपाती विभिन्न वर्ग, तह र समुदायलाई समेत नेकपा (एमाले) ले अहिले यो अभियानमा संलग्न गराउ“दै अघि बढेको छ । अभियानमा पार्टीका धारणाहरूलाई एकीकृत रूपले राष्ट्रव्यापी बनाउन केन्द्रमा दुईदिने राष्ट्रिय भेलाको आयोजना गरिएको थियो । अहिले नेकपा (एमाले) केन्द्र, अञ्चल, जिल्ला, निर्वाचन क्षेत्र, इलाका हु“दै शाखास्तरसम्म परिचालनका लागि संयन्त्रहरूको निर्माण गर्दै उत्पे्ररकहरूको व्यवस्थाका साथ देशका सम्पूर्ण भागमा जनताका घरदैलोमा उत्साहका साथ जुटिरहेको छ । पार्टीका धारणाहरू जनताका मनमनमा पु¥याउन, जनताको एमालेप्रतिको माया र विश्वासलाई अझ ख“दिलो बनाउ“दै नया“ रक्तसञ्चारका साथ गतिशील भएको छ ।

(२) अभियानका रूपमा भेला–प्रशिक्षणहरू

लोकतान्त्रिक गणतन्त्रका लागि जनअभियानअन्तर्गत पार्टीले अहिलेसम्म अञ्चलस्तरीय, ७५ जिल्ला, दुई सय पा“च निर्वाचन क्षेत्र, इलाका, नगर, गाविस मात्र नभई, टोलटोलमा समेत भेला एवम् प्रशिक्षण कार्यक्रमहरू सम्पन्न गरिरहेको छ । मुलुकमा लादिएको ज्ञानेन्द्रको निरङ्कुश कदम एवम् माओवादीको ज्यादतीका कारण निर्भयपूर्वक पार्टीका नीति र कार्यकर्ताहरू जनताबीचमा यथेष्ट रूपमा निरन्तर पुग्न नपाउ“दा उत्पन्न अन्योल पनि यो अभियानको प्रारम्भिक दिनमै समाप्त भएको छ । जनताका प्रतिनिधिहरू समेत जनताका सुख, दुःखमा साथ दिन नपाइरहेको अवस्थामा जनताको घरघरमा भेला भएर पार्टीका धारणाहरू जनताबीच राख्ने र जनताका भनाइले पार्टीलाई अझ दह्रिलो बनाउने सुझावले अग्रगमनको यात्रालाई अझ बलियो बनाएको छ । हजारौ“–हजार यस्ता भेला र प्रशिक्षणले लाखौ“–लाख जनतालाई प्रशिक्षित तुल्याएको छ ।

लामो समयसम्मको सम्पर्क अभाव र नियमित गतिविधि नभएर खुस्किएका जुइना र नटबोल्टहरू कसिएका छन् । प्रयोगको अभावमा भुत्ते र खिया लागेका कार्यकर्ताहरूलाई यो अभियानले उध्याएको छ र धारिलो बनाएको छ । शान्तिपूर्ण जनआन्दोलनबाट जनताको संलग्नतामा समाजको रूपान्तरण गर्ने नीतिमा ढिलोछिटो सबै संलग्न हुने कुरामा हाम्रो पार्टीपङ्क्ति विश्वस्त छ । लोकतान्त्रिक गणतन्त्रको अगुवाइ नेपाली काङ्गे्रसले गर्न नसक्ने एवम् शान्तिपूर्ण आन्दोलनको नेतृत्व नेकपा (माओवादी) ले गर्न नसक्ने भएकाले यसको वास्तविक नेता नेकपा (एमाले) नै हो भन्नेमा नेपाली जनता विश्वस्त छन् । यसलाई सार्थक बनाउन सम्पन्न भेला एवम् प्रशिक्षण कार्यक्रमहरू लाभदायक भएका छन् ।

(३) व्यवस्थित कमिटी र सदस्यतामा वृद्धि

जनअभियानमा सम्पन्न गर्ने कार्यमध्ये सङ्गठनलाई सुदृढ बनाउने एवम् सदस्यता विस्तार गर्ने कार्यलाई समेत प्राथमिकता दिइएको छ । वर्षैपिच्छे सम्पन्न गर्नुपर्ने शाखा अधिवेशनहरू, दुई वर्षमा गर्नुपर्ने इलाका अधिवेशनहरू एवम् तीन वर्षमा गर्नुपर्ने जिल्ला अधिवेशनहरू यसबीचको अवधिमा नियमित एवम् व्यवस्थित हुन सकिरहेका थिएनन् । धेरैअघिदेखि सम्पन्न हुन नसकेका यस्ता कमिटीका बैठक, भेला र अधिवेशनहरू अभियानकै रूपमा सम्पन्न भएका छन् । यसले कमिटीको गतिशीलतालाई बढाएको छ । पार्टीलाई थप प्रजातान्त्रिक एवम् समावेशी बनाउन सहयोग पु¥याएको छ । पार्टी विभाजनको अवधिदेखि नभएका सदस्यता नवीकरणलाई पनि यो अभियानले पूर्णता प्रदान गरेको छ । करिब ९५ प्रतिशत सदस्यहरूले नेकपा (एमाले) को सदस्यता नवीकरण गरेका छन् । नया“ सङ्गठित सदस्यहरू पार्टीमा थपिएका छन् । ‘सङ्गठनमा नया“लाई भर्ती गर, योग्य र क्रियाशीललाई जिम्मेवारी देऊ’ भन्ने अभियानले यतिबेला गति लिएको छ । नेकपा (एमाले) उपत्यकामा मात्र करिब १५ हजार साधारण सदस्यहरू यो चार महिनाको अवधिमा थपिएका छन् । एकीकृत एवम् इलाकास्तर हु“दै अब सामूहिक शपथग्रहण कार्यक्रम शाखास्तरमा अभियानका रूपमा विस्तार भएको छ । युवा, विद्यार्थी, मजदुर, जनजाति, महिला एवम् दलित वर्गको उपस्थितिलाई पार्टीको भविष्यका निम्ति सुखद पक्षका रूपमा उल्लेख गर्न सकिन्छ ।

(४) आदिवासी र जनजातिमा सङ्गठन विस्तार

नेकपा (एमाले) को बाह्रौ“ बैठकबाट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ बनाउने पार्टीको निर्णय अहिले अहोरात्र कार्यान्वयनको तहमा उत्रिएको छ । यो महासङ्घअन्तर्गत विभिन्न घटक सङ्गठनहरूका राष्ट्रिय भेलाहरू सम्पन्न भएका छन् । तिनीहरूका राष्ट्रिय कमिटीहरू निर्माण हु“दै मातहतमा पनि अभियानकै रूपमा सङ्गठित विस्तार हु“दैछन् । संविधानसभामा सबै वर्ग, क्षेत्र, लिङ्ग, जनजातिको समानुपातिक प्रतिनिधित्व गराउन नेकपा (एमाले) ले अघि सारेको समानुपातिक निर्वाचन प्रणालीले यो समुदायको वास्तविक नेता नेकपा (एमाले) नै हो भन्ने पुष्टि गरेको छ । यस्तै मधेसीहरूको सङ्गठन निर्माणमा समेत नेकपा (एमाले) जुटिसकेको छ ।

(५) श्रमप्रतिको अभिरुचि, राष्ट्रिय कोषमा अभिवृद्धि

राजनीतिक जागरणका साथसाथै नेकपा (एमाले) अहिले समाजमा सामाजिक जागरण ल्याउन स्वास्थ्य शिविर, सामूहिक सरसफाइ, सार्वजनिक शौचालय र बाटो निर्माणमा पनि जुटेको छ । पार्टीका शीर्ष नेतृत्वदेखि एमालेका हरेक सङ्गठित सदस्यहरू अनिवार्य जनकार्यमा पार्टीले बनाएको योजनालाई सफल बनाउन लागिपरेका छन् । सबै सदस्यहरूले अनिवार्य पा“च दिन जनश्रम गर्नुपर्ने र त्यसबाट प्राप्त रकम सोझै केन्द्रीय कोषमा जम्मा गर्ने योजनाका कारण जनकार्यले जनतास“गको हार्दिकतामा वृद्धि गर्नुका साथै पा“च दिनको श्रमबाट प्राप्त रकमले केन्द्रीय कोषलाई समेत सुदृढ बनाउनेछ । जनतालाई हप्की, दप्की, डर, धाक र त्रासबाट होइन, आफ्नो श्रमबाट आफ्नो पार्टीलाई सक्षम बनाउन पाउनु हामी सबैका लागि खुसीको कुरा हो । जनश्रमअन्तर्गत अधिराज्यभरि विभिन्न कार्यक्रमहरू सम्पन्न भइनै रहेका छन् । लोकतान्त्रिक गणतन्त्रका लागि जनअभियानका केन्द्रीय संयोजक कमरेड वामदेव गौतमले चितवनमा धान काटेर यो अभियान अघि बढाउनुभएको छ ।

र, अन्त्यमा

अभियानको यो गतिस“गै नेकपा (एमाले) ले अघि सारेको जनमतसङ्ग्रहबाट राजतन्त्रको अन्त्य गर्ने विषयले सबै जनताको मन जितेको छ । सार्वभौमसत्ता जनतामा नै निहित हुनुपर्छ, जनताभन्दा माथि कोही छैन, जनताको निर्णय नै सर्वोपरि भएकाले जनमतसङ्ग्रहबाट राजाबिनाको नेपाल बनाउने जनचाहनाको नेतृत्व यतिखेर नेकपा (एमाले) ले मात्र गरेको छ । अघिपछि चर्का कुरा गर्ने तर ऐन मौकामा यथास्थितिवादीको साक्षी बस्ने शक्ति एवम् व्यक्तिहरूले परिवर्तनको यो ज“घारमा खुट्टा कमाएका छन् । यसर्थ, शान्तिपूर्ण जनआन्दोलनको भावनाअनुसार जनतालाई सर्वोपरि मानी ‘संविधानसभाको निर्वाचन गरेरै लोकतान्त्रिक गणतन्त्रको स्थापना गरौं’ भन्ने नेकपा (एमाले) को नारालाई सफल बनाउन जागरण अभियान औधी महŒवको अभियान बनेको छ ।

– नवयुग, मंसिर २०६३



See All Article