Bhanu Bhakta Dhakal

समाचार

२०७३ कार्तिक ३ गते बुधबार व्यवस्थापिका संसद सचिबालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाही प्रस्तावक र नेकपा (एमाले) का प्रमुख सचेतक भानु भक्त ढकाल समर्थक रहनुका साथै एमाले र माओबादी केन्द्रका १५७ सांसदले हस्ताक्षर गरी कार्की विरुद्धको महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । पदीय आचरण बाहिर रहेर काम गर्नुका साथै सर्बोच्च आदालतको आदेशको अपहेलना गरेको हुनाले महाअभियोग प्रस्ताव दर्ता गरेको प्रस्तावका प्रस्तावक र समर्थक दलको धारणा रहेको छ । कार्तिक ३ गते बुधबार संसदमा ११ सदस्यीय महाअभियोग प्रस्ताव सिफारिस समिति निर्माण भएसँगै प्रस्ताव संसदमा पेश भए थियो ।

rnसंसद सचिबालयले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, संबैधानिक परिषद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको र अब संविधानको धारा १०१ को उपधारा ६ बमोजिम प्रमुख आयुक्त कार्कीले कार्यसम्पादन गर्न नपाउने जानकारी सहितको पत्र पठाएको छ ।

Event Image

See All Events