Bhanu Bhakta Dhakal

अपडेट


मिति ः २०७४/०४/३२

सम्माननीय प्रधानमन्त्रीज्यू,

प्रधानमन्त्रीको कार्यालय, सिंहदरवार काठमाण्डौ ।

बिषय ः बाढी पहिरो पिडितहरुको उद्धार, राहत तथा पुनस्र्थापना सम्बन्धमा ।

केही दिन अघि देशको विभिन्न भागमा आएको अविरल बर्षा, भिषण बाढी र पहिरोले सयौं नेपालीको ज्यान गएको छ, दर्जनौं वेपत्ता भएका छन् र ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको छ । बाढी तथा पहिरो पिडित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनाका कार्यक्रमहरु प्रभावकारी ढंगले संचालन गर्नु यतिबेलाको प्राथमिक महत्वको राष्ट्रिय जिम्मेवारी हो । तर सरकारले यस राष्ट्रिय जिम्मेवारीलाई गंभीरतापूर्वक लिईरहेको छैन । हाम्रो पार्टी नेकपा (एमाले)को संसदीय दल सरकारले अविलम्ब निम्नानुसारका निर्णय गरोस् र बाढी तथा पहिरो प्रभावित् क्षेत्रमा पभावकारी रुपमा उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यहरु संचालन गरोस् भनि यो ज्ञापन पत्र प्रस्तुत गर्दछ ः

१. क्षतिको तथ्यपरक विवरण संकलन ः

 बाढी तथा पहिरोको स्थलगत सर्वेक्षण गरी मानवीय क्षति, घरगोठ, उद्योगधन्दा, कलकारखाना, पसल, जिन्सी, नगद, पशुपंक्षी, खेतबारी, शिक्षण संस्था, स्वास्थ्य संस्था, दूरसंचार, सडक, खानेपानी, विद्युत लगायत समग्र मानवीय तथा भौतिक क्षतिको तथ्यपरक प्रतिवेदन तयार गर्ने ।

 स्थलगत सर्वेक्षणका लागि एउटा केन्द्रीय कार्यदल र त्यसको मातहतमा जिल्ला–जिल्लाका लागि अलग–अलग कार्यदल गठन गर्ने र तालिम, श्रोत साधन सहित कार्यक्षेत्रमा खटाउने ।

२. बाढी पहिरो प्रभावित क्षेत्रलाई – समस्याग्रस्त क्षेत्र घोषणा गर्ने ।

३. उद्धार तथा राहत सम्बन्धमा ः

 बाढी पहिरो प्रभावित परिवारलाई तत्कालिक राहत स्वरुप रु. एकलाख उपलब्ध गराउने ।

 बाढी पहिरोको कारणले मृत्यु भएका परिवारलाई प्रति मृतक रु. पाँच लाखका दरले अनुदान सहयोग उपलब्ध गराउने ।

४. पुनर्निर्माण तथा पुनस्थापना सम्बन्धमा ः

 बाढी र पहिरोले घर क्षतिग्रस्त भएका परिवारहरुलाई भूकम्प पिडित परिवार सरह आवास निर्माणार्थ रु. तीन लाख अनुदान र रु. तीन लाख निब्र्याजी ऋण उपलब्ध गराउने ।

 बाढी पहिरो प्रभावित परिवारहरुलाई स्वरोजगार व्यवसाय संचालन गरी जिविकोपार्जन गर्न सहुलीयत व्याजदरमा रु. दुई लाख ऋण उपलब्ध गराउने ।

 सडक, पुल, तटबन्ध, नहर, कुलो, खानेपानी, विद्युत, दूरसंचार, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायत क्षतिग्रस्त सम्पूर्ण भौतिक पूर्वाधारहरुको पुनर्निर्माणका लागि विशेष कार्यक्रम तय गरी कार्यान्वयन गर्ने ।

५. उपरोक्त वमोजिमका कार्यहरुको अनुगमन गर्न संसदीय समिति निर्माण गर्ने ।

सम्माननीय प्रधानमन्त्रीज्यू, नेकपा (एमाले) को तर्फबाट उद्धार, राहत तथा पुनस्र्थापनाका सम्बन्धमा निम्नानुसार गरिने व्यहोरा पनि यहाँलाई अवगत गराउँदछौं ।

 महासचिवको नेतृत्वमा केन्द्रीय उद्धार, राहत तथा पुनस्र्थापना समिति गठन गर्ने ।

 पार्टीको तर्फबाट राहत कोष स्थापना गर्ने । स्वदेशका सबै जिल्ला तथा प्रवासबाट समेत जिन्सी तथा नगद सहयोग संकलन गरी बाढी पहिरो प्रभावित क्षेत्रका पिडित प्रभावित जनतालाई वितरण गर्ने ।

 प्रभावित जिल्लामा पार्टीका केन्द्रीय सदस्य (जिल्ला ईन्चार्ज)को नेतृत्वमा प्रति जिल्ला १००० का दरले स्वयमसेवक खटाउने र ती स्वयमसेवकहरु मार्फत उद्धार तथा राहतका कार्यक्रमहरु संचालन गर्ने ।

 बाढी तथा पहिरो पिडित क्षेत्रका प्रभावित जनतामा देखा परेको स्वास्थ्य समस्या र त्यहाँ महामारी फैलन सक्ने संभावनालाई समेत दृष्टिगत गरि पार्टीको केन्द्रीय स्वास्थ्य विभागको नेतृत्वमा प्रभावित जिल्लामा औषधि उपकरणका साथ स्वास्थ्यकर्मिहरुको टोली खटाउने ।

 भुकम्पको अवधिमा जस्तै यस पटकको उद्धार तथा राहत अभियानमा पनि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्धन गर्न प्रोत्साहन गर्ने । राहत संकलनका साथै उद्धार, राहत र पुनस्र्थापनाको कार्यमा पहाडी र हिमाली जिल्लाका पार्टी कमिटी तथा कार्यकर्ताहरुलाई समेत परिचालित गर्ने ।

 पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु र संसदका पदाधिकारी तथा सदस्यहरुले एक महिनाको तलब बाढी पहिरो पिडितहरुलाई उपलब्ध गराउन राहत कोषमा जम्मा गर्ने ।

केपी शर्मा ओली

अध्यक्ष, नेकपा (एमाले)

नेता, संसदीय दल

Back Page