Bhanu Bhakta Dhakal

अपडेट


मिति २०७५ साल फागुन ९ गते माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री भानु भक्त ढकालसँग Korean Lagislation Research Institute का अध्यक्ष Rhee, Ik Hyeon ले माननीय मन्त्रीज्यूको कार्यकक्षमा शिष्टाचार भेट गर्नु भयो । भेटका अवसरमा उहाँहरु बीच नेपाल र कोरिया बीच कानून निर्माण प्रक्रिया तथा आपसी सहयोग आदानप्रदानका समसामयिक विषयमा छलफल भएको थियो । महामहिम अध्यक्षबाट कोरियामा Korean Legislation Research Institute ले कानून निर्माणमा गर्ने सहयोग र भुमिका विषयमा जानकारी गराउँदै नेपाल र कोरिया बीच कानून निर्माणका विषयमा हुन सक्ने सहकार्यका क्षेत्रहरुका बारेमा समेत छलफल गर्नु भएको थियो । सो भेटका अवसरमा माननीय मन्त्रीज्यूले संविधान कार्यान्वयन, नयाँ कानून निर्माण, संक्रमणकालीन न्याय, विद्यमान कानूनमा संशोधन, आर्थिक सम्मृद्धि र सुशासन जस्ता पक्षमा नेपाल सरकारको उच्च प्राथमिकता रहेको जानकारी गराउनु भएको थियो । उक्त अवसरमा नेपाल कानून आयोगका अध्यक्ष श्री माधव पौडेल तथा मन्त्रालयका सचिब श्री राजीव गौतम समेतको उपस्थिति रहेको थियो ।

Back Page