Bhanu Bhakta Dhakal

अपडेट


नेपालको संविधान जारी भएसँगै नेपाल राजनीतिक रुपमा नयाँ कालखण्डमा प्रवेश गर्यो । संक्रमणकालीन अवस्थाको अन्त्यसँगै संविधानको सफल कार्यान्वयन तर्फ देशको ध्यान केन्द्रित भयो । देशमा तीनवटै तहहरुको निर्वाचन सम्पन्न भयो र निर्वाचित संस्थाले आ–आफ्नो भूमिका निर्वाह गर्ने क्रममा राज्यले सबैभन्दा पहिले नीति तथा कानून निर्माणको काम सम्पन्न गर्नु पर्ने हुन्छ । वर्तमान सरकार गठन भएपछि हालसम्म कानून निर्माणको क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल भएको छ । संविधान जारी भएपछि हालसम्म जम्मा १२१ वटा ऐनहरु जारी भएका छन् । जसमध्ये वर्तमान सरकार गठन भए पछि ३१ वटा ऐनहरु निर्माण भएका छन् । हाल २५ वटा विधेयकहरु संघीय संसदमा दर्ता भई विचाराधीन अवस्थामा रहेका छन् र ती मध्ये २२ वटा विधेयकहरु हिउँदे अधिवेशनमा दर्ता भएका हुन् । २६ वटा विधेयकहरु कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट तर्जुमा सहमति प्रदान भई संसदमा दर्ता हुने प्रक्रियामा छन् भने १८ वटा विधेयकहरु कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिको प्रक्रियामा छन् ।

Back Page